१७ साउन २०८२, शनिबार
02-08-2025 , Sat
×

‘भिटामिन के’ को कमीले फोक्सोमा समस्या

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ०६, २०८०

रगतमा ‘भिटामिन के’ को स्तर कम हुने व्यक्तिमा फोक्सो बिग्रिने सम्भावना अधिक हुने एक अध्ययनले देखाएको छ। उक्त अध्ययन कोपेनहेगन यूनिवर्सिटी हस्पिटल र कोपेनहेगन यूनिवर्सिटीमा डेनिश शोधकर्ताहरुको एक टीमले गरेको हो।

यसमा कोपेनहेगनमा बस्ने २४ देखि ७७ वर्ष उमेर समूहका ४ हजार ९२ जनाको समूहलाई सहभागी गराइएको थियो। शोधकर्ताहरुले भिटामिन केको स्तर कम हुने व्यक्तिमा औसत एफईवी १ कम र एफवीसी कम थियो। भिटामिन के को स्तर कम हुने व्यक्तिमा सीओपीडी, आस्थ्मा र घ्यारघ्यार गर्ने समस्या देखिएको थियो।

पत्तादार हरियो तरकारी, वनस्पति तेल र अनाजहरुमा भिटामिन के पाइन्छ। भिटामिन केले शरीरमा रगतको चोक्टा जमाउने काम गर्छ जसले शरीरमा हुने घाउहरुलाई ठीक हुन मद्दत गर्छ। तर यसले फोक्सोको स्वास्थ्यमा पुर्याउने भूमिकाबारे धेरैलाई जानकारी नभएको शोधकर्ताहरु बताउँछन्। शोधकर्ता डा टोर्किल जेस्पर्सनका अनुसार भिटामिन केले हाम्रो फोक्सोलाई स्वस्थ्य राख्न मद्दत गर्छ।

शोधकर्ता जेस्पर्सन भन्छन्, हाम्रो निष्कर्षले भिटामिन के सेवन गर्नको लागि वर्तमान सिफारिशहरुमा परिवर्तन गरेको छैन। भिटामिन केलाई फोक्सोको विरामीले यसको पूरकको रुपमा प्रयोग गर्न मिल्ने नमिल्ने कुरामा अधिक शोधको आवश्यकता छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]