२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

‘भिटामिन के’ को कमीले फोक्सोमा समस्या

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ०६, २०८०

रगतमा ‘भिटामिन के’ को स्तर कम हुने व्यक्तिमा फोक्सो बिग्रिने सम्भावना अधिक हुने एक अध्ययनले देखाएको छ। उक्त अध्ययन कोपेनहेगन यूनिवर्सिटी हस्पिटल र कोपेनहेगन यूनिवर्सिटीमा डेनिश शोधकर्ताहरुको एक टीमले गरेको हो।

यसमा कोपेनहेगनमा बस्ने २४ देखि ७७ वर्ष उमेर समूहका ४ हजार ९२ जनाको समूहलाई सहभागी गराइएको थियो। शोधकर्ताहरुले भिटामिन केको स्तर कम हुने व्यक्तिमा औसत एफईवी १ कम र एफवीसी कम थियो। भिटामिन के को स्तर कम हुने व्यक्तिमा सीओपीडी, आस्थ्मा र घ्यारघ्यार गर्ने समस्या देखिएको थियो।

पत्तादार हरियो तरकारी, वनस्पति तेल र अनाजहरुमा भिटामिन के पाइन्छ। भिटामिन केले शरीरमा रगतको चोक्टा जमाउने काम गर्छ जसले शरीरमा हुने घाउहरुलाई ठीक हुन मद्दत गर्छ। तर यसले फोक्सोको स्वास्थ्यमा पुर्याउने भूमिकाबारे धेरैलाई जानकारी नभएको शोधकर्ताहरु बताउँछन्। शोधकर्ता डा टोर्किल जेस्पर्सनका अनुसार भिटामिन केले हाम्रो फोक्सोलाई स्वस्थ्य राख्न मद्दत गर्छ।

शोधकर्ता जेस्पर्सन भन्छन्, हाम्रो निष्कर्षले भिटामिन के सेवन गर्नको लागि वर्तमान सिफारिशहरुमा परिवर्तन गरेको छैन। भिटामिन केलाई फोक्सोको विरामीले यसको पूरकको रुपमा प्रयोग गर्न मिल्ने नमिल्ने कुरामा अधिक शोधको आवश्यकता छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]