२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

हँसपुर नगरपालिकाको कार्यलय सार्ने विवादमा घाइते भएका ५७ वर्षीय मण्डलको मृत्यु

Logo
प्रकाशित बुधबार, भाद्र १८, २०७६

जनकपुरधाम।गत साउन २१ गते धनुषाको हँसपुर नगरपालिका प्रमुख र उपप्रमुख बीचको दुई पक्षिय झडपमा गम्भिर घाईते भएका स्थानीय ५७ वर्षीय तपेश्वर मण्डलको आज मृत्यु भएको छ।

धनुषाको हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षधरबीच कार्यालय सार्ने क्रममा विवाद भएपछि झडप भएको थियो सो क्रममा हँसपुर नगरपालिकाकै स्थानीय अन्दाजी बर्ष ५७ का तपेश्वर मण्डल गम्भिर घाईते भएका थिए ।

प्रमुख र उपप्रमुखको विवादपछि ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरी र स्थानीयबीच समेत झडप भएको थियो ।

प्रमुख र उपप्रमुख पक्षधर र प्रहरीबीच भएको झडपको क्रममा मण्डल गम्भीर घाईते भएका थिए । घाईते पछि जनकपुर अञ्चल अस्पतालमा उपचाररत रहेका मण्डलको झण्डै एक महिनापछि उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

प्रहरीका अनुसार प्रमुख र उपप्रमुखको पक्षधरबीच भएको सो झडपमा उनी घाईते भएका थिए ।
मण्डलको मृत्यू भए लगत्तै उनका आफन्तहरुले जनकपुर अञ्चल अस्पतालमा केही बेर आन्दोलन गरेको थियो । घाईते मण्डलको मृत्यू प्रमुख मण्डलकै कारण र उनले नै कुटेको कारण भएको भन्दै कारवाहीको माग गर्दै नारावाजी गरेको थियो । उनीहरुले प्रमुख मण्डललाई कानुनी कारवाहीको माग गर्दै अञ्चल अस्पतालमै नारावाजी गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले तत्कालै स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]