२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

दिल्लीमा डा.सीके राउतसँग भाजपा नेता चौथाइवालाको भेटवार्ता

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ०६, २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बुधबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालासँग भेटवार्ता गरेका छन् ।

दिल्लीमा रहेका अध्यक्ष डा. राउतले भारतीय जनता पार्टीको कार्यालयमा गएर उनीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देश बीचको सम्बन्धलाई कसरी थप मजबुत बनाउने तथा पार्टी–पार्टी बीचको सम्बन्धलाई अझ बलियो बनाउने भन्ने विषयमा कुराकानी भएको डा.राउतसँग भ्रमणमा रहेका उपाध्यक्ष दीपक साहले जानकारी दिए ।

उनले भने, ‘यो अफिसियल भिजिट हो, दुई देशको सम्बन्धका साथै पार्टी–पार्टी बीचको सम्बन्धलाई अझै बलियो कसरी बनाउने भन्ने विषयमा कुराकानी भएको हो ।’ नेपाल–भारतको सम्बन्ध जनस्तरमा रहेकाले त्यसलाई अझै बलियो बनाउन दुवै पार्टीले आआफ्नो ठाउँबाट काम गर्ने विषयमा पनि कुराकानी भएको उनको भनाइ थियो ।

विदेश विभाग प्रमुख चौथाइबालेबाहेक अरु कसैसँग औपचारिक भेटघाट नरहेको बताउँदै उनले पार्टी निकट व्यक्तिहरूसँग भेटघाट गरी भोलि नेपाल फर्किने बताए ।

यसअघि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी चलिरहेको बेला उनी जेठ १३ गते दिल्ली पुगेका थिए । त्यति बेला पनि चौथाइवालासँग भेटघाट गरेर फर्केका थिए ।

पछिल्लो समय जनमत पार्टीले भारतीय पक्षसँग सम्बन्ध बलियो बनाएको बताइएको छ ।

सङ्घीय सरकारदेखि मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टी सङ्घीय सरकारमा एउटा मन्त्रालय पाएको छ । पछिल्लो राजनीतिमा जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]