०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

साउदीमा ज्यान गुमाएका मुखियाको लास एनआरएमएले पठाए नेपाल

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ०६, २०८०

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग संगठन गैर आवासीय मधेशी संघले साउदीमा ज्यान गुमाएका एक मजदुरको लास(शव) नेपाल पठाएको छ।

वैदेशिक रोजगारको क्रममा साउदी पुगेका धनुषाको बिदेह नगरपालिका मुरिबाका २७ वर्षीय सुरतिया मुखियाको केहिदिन अगाडी स्वास्थ्यमा समस्या देखापरेपछी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए।तर,उनको उपचारकै क्रममा मृत्यु भएको गैर आवासीय मधेशी संघले जनकपुरधाममा स्थापना गरेका हेल्फ डेक्सका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिए।

मुखियाको स्वास्थ्य समस्या देखापरे पछि उनले आफ्नो परिवारजनलाई आफुलाई उद्वारा गर्नको लागि जनमत पार्टीसंग आग्रह गर्न उनले आफ्नो परिवारजनलाई भनेका थिए।
त्यसपछि मुखियाको परिवारजनले स्थानीय जनमत पार्टीका नेता राम दियाल मुखियालाई उहाँको परिवारजनले भेटे।

नेता रामदियालले खबर पाए बितिकै सबै कागजात लिएर जनकपुरधामस्थित जनमत पार्टीको सचिवालयमा पुगे।जनकपुरधामको सचिवालयमै एनआरएमएका हेल्फ डेस्कमा रहेका सुरेन्द्र भण्डारीलाई जानकारी गराए।जानकारी पाए बितिकै भण्डारीले तत्काल सुरतिया मुखियालाई एनआरएमए साउदीका पदाधिकारीलाई भनेर उहाँलाई उपचारको लागि अस्पताल भर्ना गरायो।

सुरतियाको अस्पतालमा उपचार सुरु भए।दुई तिनदिनसम्म अस्पतालमा उपचार चल्दै थिए।उपचारको क्रममा उहाँको अस्पतालमै मृत्यु भयो।उहाँ एक महिना अगाडि मात्रै वैदेशिक रोजगारीको लागि साउदी पुगेका सुरतियाको मृत्युुवर खाडी मुलुकमै भए।

तर,उहाँको लाश (शव) तत्काललै सबै प्रक्रिया पूरा गरि गैर आवासीय मधेशी संघ साउदीले जन्मभुमि नेपाल पठाउन सफल भए।आज उनको आफ्नै जन्मभुमी मुरिबामा हिन्दु धर्म अनुसार दाहसंस्कार गरियो।उनको दाहसंस्कारमा जनमत पार्टीका नेताकार्यकर्ताहरु सहभागीता रहेको जनमत पार्टीका स्थानीय नेता राम दियाल मुखियाले बताए।

जनमत पार्टीको अन्तर्राष्ट्रिय संगठन गैर-आवासीय मधेशी संघले समस्यामा परेका मजदुरको सहयोग गर्दै आएको छ । कैयौं मजदुरलाई संघले उद्धार गरेर नेपाल फर्काउन सफल भएको हो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]