१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

दुई सचिवको सरुवा, सामान्य प्रशासनमा विनोद प्रकाश सिंह

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, भाद्र ०७, २०८०

काठमाडौँ । सरकारले दुई जना विशिष्ट श्रेणी(सचिव)को सरुवा गरेको छ । बुधवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको सरुवा गरेको हो ।

प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद प्रकाश सिंह सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा आएका छन्, सामान्यका कृष्णहरि पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

तत्कालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका पुष्कर केही समयभित्रै महत्त्वपूर्ण मन्त्रालयको सचिवमा जाँदैनन् । उनले केही समयअघि देखि सरुवा हुन चाहिँ रहेका थिए । पछिल्लो केही समययता तत्कालीन मन्त्री अमनलाल मोदीसँगको विवादका कारण मन्त्रालयमा केही तनावको स्थिति सिर्जना भएको थियो । विशेष गरी कर्मचारीको सरुवा गर्ने विषयमा सचिव पुष्करले अडान लिएकै कारण थप अस्तव्यस्त हुनबाट जोगिएको थियो ।

यसैगरी सिंह अनुभवी प्रशासकका रूपमा लिइन्छन् । प्रधानमन्त्री कार्यालय अघि गृह सचिव रहेका शालीन तथा भद्र स्वभावका सिंह स्थानीय र कर्मचारी प्रशासन बुझ्ने सचिवका रूपमा हेरिन्छन् ।

सचिव सरुवाको पत्र बनिसकेको छ । दुवै सचिव कार्यक्रमका सिलसिलामा उपत्यका बाहिर भएकोले सम्भवतः आउँदो आइतवारदेखि नै सचिवहरू नयाँ जिम्मेवारीमा जानेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]