२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

युवा नेता जयसवालको विशेष पहलमा नि:शुल्क आँखा शिविर सम्पन्न

Logo
प्रकाशित बुधबार, भाद्र १८, २०७६

अभिमन्यु पटेल ,रौतहट ।रौतहटको बौद्धीमाई नगरपालिकाको वडा नं ६ पिपरिया टोलमा नेपाली काँग्रेस पार्टीका युवा नेता तथा समाजसेवी राजन जयसवालको विशेष पहलमा नि:शुल्क आँखा शिविर भएको छ ।

नि:शुल्क आँखा शिविर उद्घाटन गर्दै पूर्वमन्त्री तथा रौतहटको क्षेत्र नं २ का सांसद मो. अफताब आलमले मानिसको शरीरमा सबभन्दा सम्बेदन शिल र अमुल्य अंग आँखा नै हो जसबाट अन्धयारोमा पनि प्रकाश दिने गर्छ जसले गर्दा हामी आफ्नो जतिसुकै कठिनाइ कार्यलाई सजिलोसँग गर्न सकिरहेको बताए ।
जनताको हकहितका लागि यो शिविर एकदमै वर्तमान समय सापेक्ष अति आवश्यक हुनाले समाजमा बस्ने पहुच नभएको बृद्धबृद्धा र असहाय गरिबको हितमा उत्तम रहेको छ । विकासको रूपमा यसलाई पनि हामीले लिनु नै पर्छ भने बताए ।
नेपाल नेत्र ज्योति संघ रौतहटको आयोजनामा संचालित शिविरमा ४ सय ५० जनाको आँखा चेकजाँच गरिएको थियो । सो मध्ये मोतिया बिन्द रोग २ सयमा देखिएको सबै बिरामीहरूको सम्पूर्ण सेवा सुविधा नि:शुल्क दिने युवा नेता तथा समाजसेवी जयसवालले जानकारी गराएका छन्।
तत्कालीन स्थानीय तहका निर्वाचनमा युवा नेता समाजसेवी राजन जयसवालले जनताको बिचमा मेयर पदका लागि पनि निर्वाचनमा प्रत्यासी समेत बनेको थियो । अहिले कुनै पदमा नभएपनि जयसवालले आफ्नो नगरभित्रका जनताहरूको कुनै पनि समस्यालाई आफ्नो समस्या सम्झेर दिनरात खटि समाजिक कार्यमा राम्रो भुमिका निर्वाह गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]