२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र ०८, २०८०

काठमाडौं । भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज भदौ ८ गते शुक्रबार अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा भदौ ७ गते सम्ममा १० लाख ९० हजार ९५३ जनाले १ करोड २१ लाख २४ हजार २०० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १७.२३ गुणा बढी आवेदन हो ।

यस कम्पनीले भदौ ५ गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको हो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ । यसको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ ।

यस्तै, ५% (४२ हजार ९०५ कित्ता) सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २% अर्थात १७ हजार १६२ कित्ता सेयर कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ असार ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ वैशाख २२ गतेसम्म बाहल रहनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]