३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

कमला– ढल्केवर–पथलैया सडक खण्ड निर्माणका क्रममा १८ हजार रुख काटिने

Logo
शारदा पोखरेल प्रकाशित शुक्रबार, भाद्र ०८, २०८०

बारा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैयादेखि ‘कमला– ढल्केवर–पथलैया’ सडक खण्ड स्तरोन्नतिको क्रममा १८ हजार ६ सय रुख कटान हुने भएको छ ।

मधेस प्रदेशका ६ जिल्लालाई छोएको बाराको पथलैयादेखि सिराहा जिल्लाको कमला नदीसम्मको १३० किलोमिटर क्षेत्रमा राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका १८ हजार ६ सय रुख कटान हुने भएको आयोजनाले जनाएको छ ।

जीतपुर सिमरा उपमहानगर सहित १५ वटा स्थानीय तहलाई छोएको यो सडक खण्डको दुवैतर्फ अधिकांश वन क्षेत्र रहेको छ । बाराको पथलैयादेखि तामागढीसम्मको करिब १३ किलोमिटर निकुञ्ज क्षेत्र पर्दछ भने बाँकी सडकको दुवैतर्फ राष्ट्रिय वन क्षेत्र पर्दछ ।

हाल पुग नपुग २ लेनको सडकलाई सेन्टरदेखि २५-२५ मिटर दायाँबायाँ विस्तार गरेर ५० मिटरको बन्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विश्व बैङ्कको ३ अर्बभन्दा बढी ऋण सहायतामा स्तोरन्ती गरेर ४ लेनको बनाउने तयारी गरेको हो । जसका लागि हालसम्म डिपिआरको काम अन्तिम चरणमा पुगेको परामर्शदाता कम्पनीले जनाएको छ । परामर्शदाताको तर्फबाट सामाजिक र वातावरणको क्षेत्रमा अध्ययन गरेका रवि भट्टराईले कमलादेखि पथलैयासम्मको २ लेनको सडकलाई न्युनतम् ४ लेनदेखि बजार क्षेत्रका ८ लेनसम्मको बनाउने योजना रहेको बताएका छन् । ‘१३० किलोमिटर सडक खण्डमा अहिले ७६ वटा नयाँ पुलहरू छन् त्यसमा १५ वटा पुल घटेर बक्स कल्भडमा परिणत हुन्छन्, पुल बाहेक मुख्य ५ ठाउँमा राजमार्ग मुनिबाट आउजाउ गर्न सक्ने सहज संरचनाहरू निमार्ण हुनेछ’ परामर्शदाता कम्पनीका प्रमुख भट्टराईले भने ‘अहिले डिपिआर फाइनलको चरणमा छ’

कमला–ढल्केवर–पथलैया सडक खण्डको १३० किलोमिटर स्तारोन्नतीको विषयमा व्यापारिक मार्ग कार्यालयले आयोजना गरेको छलफलमा निकुञ्ज र राष्ट्रिय वन क्षेत्रभित्र बन्ने भौतिक संरचनाहरू वातावरण र वन्यजन्तुमैत्री हुने जनाएको छ । साथै सडक निर्माणको क्रममा यता वन कार्यालयले भने १३० किलोमिटर सडक खण्डमा १८ हजार ६५४ रुख कटान हुने भन्दै कटान गर्नैपर्ने बाहेकका रुख नकाट्न अनुरोध गरेको छ । डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत ललन राउतले सडक बाहेकको संरचनाहरू शौचालय,पार्किङ र चमेना गृहका लागि वनले जग्गा नदिने जनाएका छन् ।

‘पार्किङ, चमेना गृह र शौचालयका लागि कुनै पनि हालतमा वनको जग्गा प्रयोग गर्न पाइँदैन भनेर हामीले भनेका छौ, साथै वन्यजन्तु र रुखमैत्री बाटो कसरी बनाउन हामीले सुझाव दिएका छौ’ सहायक वन अधिकृत राउतले भने ‘वन क्षेत्र र खेतीयोग्य ठाउँमा ३० मिटर भन्दा कम, बस्ती र बजार क्षेत्रमा ५० मिटरको सडक बन्छ भनिएको छ’ आयोजनाले सडक विस्तारको क्रममा कटान भएका १८ हजार ६५४ रुख मध्ये प्रतिरुख बराबर १० रूप रोप्ने आयोजनाले जनाएको छ । तर वन कार्यालयले पछि वृक्षारोपण भएका रुखहरू प्राकृतिक रूपमा हुर्किएका बिरुवाहरू सरह नहुने भन्दै कम भन्दा कम रुख कटान गर्नुपर्ने बताएको छ ।

महेन्द्र राजमार्गको नामले चिनिने यो पूर्व पश्चिम राजमार्ग २०१९ साल वैशाख १ गते नवलपरासीको गैँडाकोटमा तत्कालीन राजा महेन्द्र वीर विक्रम साहले शिलान्यास गरेका हुन् । यो राजमार्गले मधेस प्रदेशको पर्सा जिल्ला बाहेक सबै जिल्लालाई छोएको छ । ६ दशकअघि निर्माण भएको २ लेनको सडक खण्डमा सवारीको चाप अत्यधिक बढ्दै जाँदा दैनिक दुर्घटनामा दर्जनौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

यो सडक खण्डका परेको एक मात्रै उपमहानगर जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले भने पथलैया–गण्डक ६ लेन सडक खण्ड निर्माणको क्रममा सार्वजनिक शौचालय, पार्किङ, फुटपाथ अतिक्रमण, र सडक नै कमजोर भएकोले ठाउँ ठाउँमा भासिन थालेको र सडक निर्माणमा धेरै कमजोरी भएकाले ती कमजोरी कमला–ढल्केव–पथलैया सडक निमार्णको क्रममा नदोह्रयाउन आग्रह गरेका छन् ।

यसअघि व्यापारिक मार्ग कार्यालयले पनि पथलैया–गण्डक ६ लेन सडक खण्ड झट्ट हेर्दा यूरोप, अमेरिकका जस्तो सुविधा सम्पन्न योजना देखाएको थियो । तर सडक निर्माणको क्रममा धेरै लापरबाही भएकोले अहिले सडक पुरै भाँसिसकेको र अस्तव्यस्त अवस्थामा पुगेको नगरप्रमुख पौडेलले गुनासो गरेका थिए ।-रातोपाटी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]