१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै:नेता कोइराला

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र ०८, २०८०

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाणित भएको बताए ।

एकपछि अर्को अपराधको घटना आउन थालेको र यस्ता घटनामा विदेशी नागरिकसमेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको उनको बुझाइ छ । अहिले देखिएका घटनाहरुले विश्वस्तरमा नेपालको साख गिर्दै गएको कोइरालाले बताए । अपराध र भ्रष्टाचार रोक्न कांग्रेसले राजनीतिक रूपमा अग्रसरता लिएर अघि बढ्नुपर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]