१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

अनि अघि सरे बुवाको किरिया गर्न छोरीहरू

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ११, २०८०

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर- २ निवासी ४७ वर्षीय अनुपकुमार भुजेलको चार दिनअघि अल्पायुमै निधन भयो।

बर्दिबासको रातुखोला घाटमा दाहसंस्कारपछि उनको काजकिरिया कसले गर्ने भन्ने चर्चा सुरु भयो।

कतिपय बुज्रुकले छोरा नभएकाले ‘कोही मान्छे (पुरुष) खोजेर भुजेलको काजकिरिया गर्नुपर्ने’ सुझाव दिए।

आफन्त र परिवारका कोही पुरुष सदस्य भुजेलको काजकिरियाका लागि कोरामा बस्नुपर्ने राय उनीहरुको थियो। त्यसको खोजी पनि भयो। पुरेत पनि यस्तै राय दिँदै थिए।

त्यही बेला भुजेलकी जेठी छोरी स्मारिकाले ‘अरु मान्छे खोजेर बुवाको काजकिरिया नगर्ने’ अडान लिइन्। उनले आफैँ बुवाको काजकिरियाको लागि कोरामा बस्ने इच्छा व्यक्त गरिन्।

समाजका अगुवाले पनि ‘छोरा नभए छोरीले पनि आमाबुवाको काजकिरिया गर्दा हुने’ सुझाव दिए। त्यसपछि भूजेलका तीनमध्ये दुई छोरी (जेठी २१ वर्षीया स्मारिका, माइली १६ वर्षीया स्मृति) बुवाको काजकिरियामा बसे।

कान्छी ८ वर्षीया आरोग्या भने सानै भएकाले कोरामा बसेकी छैनन्।

भुजेलकी जेठी छोरी २१ वर्षीया स्मारिका स्नातक तहमा अध्ययनरत छिन्। माइली १६ वर्षीया स्मृतिले यसै वर्ष एसइई उत्तीर्ण गरेकी हुन्। स्मारिका र स्मृति सेता कपडा पहिरिएर कोरामा बसेको चार दिन भयो। उनीहरुले कपाल मुण्डन भने गरेका छैनन्।

दिदीले छोराले जस्तैगरी बुवाको काजकिरिया गर्ने इन्छा व्यक्त गरेपछि उनकी बहिनी स्मृतीले पनि बुवाको किरयामा बसेकी छन्।

आमा-बुवाको लागि आफ्ना छोराछोरी बराबर हुन् भन्ने लागेर आफूले कोरामा बसेर बुवाको काजकिरिया गरेको स्मृतिले बताइन्।

स्थानीयसमेत रहेकी नेकपा एमालेकी नेतृ तथा मधेश प्रदेशसभा सदस्य शारदा थापाले छोराले जस्तै कोरामा बसेर बुवाको काजकिरिया गर्ने स्मारिका र स्मृतिको कदमले समाजलाई सकारात्मक सन्देश दिएको बताइन्।

‘हाम्रो समाजमा अझै पनि छोरा र छोरीबीच विभेद छ। मधेशमा त त्यो खाले विभेद अझ ज्यादा छ,’ उनले नेपालखबरसँग भनिन्, ‘बुवाको काजकिरिया आफैँले गर्ने स्मारिका र स्मृतिको कदमले समाजलाई सकारात्मक रुपान्तरणको लागि सहयोग पुर्याउँछ। यसले छोरा र छोरीबीचको लिंगिय विभेद अन्त्य गर्न पनि मद्दत गर्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]