२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

टि- १० क्रीकेट प्रतियोगिता फाइनलमा आयोजकले ५१ रनले विजय

Logo
प्रकाशित बिहिबार, भाद्र १९, २०७६

गोविन्द ठाकुर, पौडेश्वर । धनुषाको  हन्सपुर नगरपालिका वाडा नम्बर ४ नरहियामा संचालित टि- १० क्रीकेट प्रतियोगिता फाइनल उपाधी आयोजक श्री दुर्गा युवा क्रीकेट टिम नरहियाले ५१ रनले जित हासिल गरेको छ ।

श्री दुर्गा युवा क्रीकेट टिम नरहियाले टस जितेर ब्याटिङ गर्दै निर्धारित फाइनल १६ ओभरको खेलमा १५.२ ओभरमा अल आउट हुँदै १०९ रनको लक्ष्य दिएको थियो । १०९ रनको लक्ष्यको जवाफमा उत्रिएका बघचौरा युवा क्रीकेट टिमले ९.५ ओभरमा अल आउट हुँदै ५७ रन मात्र जोडन सकियो । ५१ रनको फारकिलो जित हासिल गरेपछि हाम्रा खेलाडीहरुको मनोबल उच्च रहेको र आगामी दिनमा अझै राम्रो क्रीकेट प्रतियोगिता गर्ने गराउने र सहभागी पनि हुने श्री दुर्गा युवा क्रीकेट टिम नरहियाका कप्तान उदय कुमार यादवले बताएको कुरा भाइस कप्तान बुधन यादवले जानकारी गराए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]