०७ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

कांग्रेस नेता यादव जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ११, २०८०

काठमाडौं ।नेपाली कांग्रेसका नेता अमरेन्द्र यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सोमबार बुद्धनगरस्थित जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई भेटेर उनी पार्टी प्रवेश गरेका हुन।

नेता यादवलाई अध्यक्ष डा.राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,पार्टीको सदस्यतासमेत नेता यादवलाई अध्यक्ष डा.राउतले प्रदान गरेका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका -५ निवासी यादव नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.३ का महाधिवेशन प्रतिनिधि रहेको थियो।

पार्टी प्रवेश कार्यक्रममा पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव र जनमत सप्तरीका नेताहरुको उपस्थित रहेको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]