१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सर्लाहीका १८ वडामा छैनन् स्वास्थ्य केन्द्र

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १२, २०८०

सर्लाही । सरकारले सबै वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिए पनि सर्लाहीका १८ वडामा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेको छैन । सर्लाहीमा २० पालिकाका दुई सय वडा छन् ।

जिल्लामा सबैभन्दा धेरै उत्तरपश्चिम भेगस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने बागमती नगरपालिकाको छ वटा वडामा स्वास्थ्य संस्था छैन । बागमतीको वडा नं. २, ६, ७, ८, ९ र ११ मा स्वास्थ्य संस्था नरहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पदम रायमाझीले जानकारी दिनुभयो । स्वास्थ्य संस्था नरहेका वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्ने कुनै निर्णयसमेत भएको छैन ।

लालबन्दी नगरपालिका–७ र ८, ईश्वरपुर नगरपालिका–७, ११ र १३, कविलासी नगरपालिका–१ र १०, मलङ्गवा नगरपालिका–३ र ८, बरहथवा नगरपालिका–८ र रामनगर गाउँपालिका–३ र ७ मा स्वास्थ्य संस्था छैन । स्वास्थ्य संस्थाविहीन रहेका यी वडामा नजिकैको वडामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको पालिकाले जनाएको छ । सदरमुकाम मलङ्गवा नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरमा स्वास्थ्य संस्था नरहेको दुई वटा वडामध्ये वडा नं. ८ मा प्रादेशिक अस्पताल नै रहेकाले त्यहाँ स्वास्थ्य संस्था स्थापना गरिएको छैन ।

लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र खतिवडाका अनुसार स्वास्थ्य संस्थाविहीन वडा नं. ७ र ८ का बासिन्दालाई वडा नं. ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेनजिकै पर्ने भएकाले त्यहीँबाट स्वास्थ्य सेवा लिइरहेका छन् । जनसङ्ख्या धेरै रहेको र भूगोल ठुलो रहेको भन्दै ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरमा स्वास्थ्य चौकी भए पनि सो वडाको उत्तरी दुर्गम चुरे भेगका बासिन्दालाई ध्यानमा राखेर पिपलदमारमा सामुदायिक स्वास्थ्य एकाइ, हरिपुर नगरपालिका–५, असन्मा गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ र गोडैता नगरपालिका–२ बेल्बाजब्दीमा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेका छन् ।

सरकारले सबै वडामा स्वास्थ्य संस्था पु-याउने लक्ष्य लिएपछि तीन वर्षअघि जिल्लाका अधिकांश पालिकाले स्वास्थ्य संस्था नरहेका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेका हुन् । प्रायः सबै वडामा स्वास्थ्य संस्था पु-याउन लागिपरे पनि दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा र आफैँले नियुक्त गरेर पारिश्रमिक दिन सक्ने अवस्था नरहेकाले समस्या भइरहेको पालिकाले बताएका छन् ।-गोरखापत्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]