३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

जनकनन्दिनीमा गाउँघर क्लिनिक कार्यक्रम सुरु

Logo
मनोज मोरबैता प्रकाशित मंगलबार, भाद्र १२, २०८०

जनकपुरधाम ।धनुषाको जनकन्दिनी गाउँपालिकाले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम संचालन गरेको छ।

जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबि भूषण मण्डलले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम नियमित रुपमा चल्दै आइरहेको उनले बताए।

स्वास्थ्य शाखा प्रमुख मण्डलका अनुसार बच्चा जन्मिएको दिनदेखी डेढ महिनासम्म सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन्छ।गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य चौकीहरुमा कार्यरत नर्सिङहरुले सुत्केरी महिला र बच्चाहरुको घरघर पुगेर चेकजाँच गरि आवश्यक औषधिहरु दिने कार्य गरिरहेको प्रमुख मण्डलले भने।

सुत्केरी भएको दिनदेखि ४५ दिनसम्ममा ४ पटक स्वास्थ्य चेकजाँच गरिरहेको जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिभूषण मण्डलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जकपुरधाम ।नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट फिर्ता हुने भएका छन् । एमालेका एक प्रदेश सांसदका अनुसार आइतबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मधेशमा जसपा नेपालका नेता सराेजकुमार यादव नेतृत्वकाे सरकार ढाल्न एमाले र माओवादीले समर्थन फिर्ता लिएका हुन् । मधेशमा यादव सरकार ढाल्ने र नयाँ सरकार गठन गर्नेबारे एमाले […]

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो । भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे अझ परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपाका एक नेताले बताए । […]

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनमा प्रमुख भूमिका खेलेको भनिएका सत्ता गठबन्धनका प्रमुख दलका शीर्ष नेताहरुले उनलाई नै सत्ता गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति तय गरेका छन्। गत आइतबार जसपा नेपाल विभाजनमा सत्ता गठबन्धनमा रहेका एमाले-माओवादीको भूमिका रहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका उपेन्द्र आफैंलाई शीर्ष नेताहरुले गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति अन्तर्गत मधेश प्रदेश […]