२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

प्रहरीले निःशुल्क जाहेरी लेखिदिने

Logo
प्रकाशित बिहिबार, भाद्र १९, २०७६

रञ्जन भण्डारी,महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अब निःशुल्क जाहेरी लेखिदिने भएको छ । केही समयअघिदेखि नै सामान्य घटनामा पीडितको सहुलियतका लागि निवेदन लेखिदिएर सहयोग गर्दै आएको प्रहरीले अब जाहेरीसमेत निःशुल्क लेखिदिने व्यवस्था गरेको छ ।

पीडितसँग कार्यालयबाहिर जाहेरी तथा निवेदन लेख्न चर्को शुल्क लिने गरेको जानकारी पाएपछि निःशुल्क लेखिदिने व्यवस्था गरिएको प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयमा आउने पीडितमध्ये अधिकांश विपन्न हुने तथा उनीहरू ठगिने गरेकाले आफूहरूले यस्तो कदम चालेको एसपी अधिकारीले बताए । उनले भने, ‘बाहिर चर्को शुल्क तथा मनोमानी ढंगले पैसा उठाउने परिपाटीले सामान्य मुद्दाका लागि समेत सयौँ र समग्रमा हजारौँ खर्च गर्नुपर्ने बाध्यता सर्वधारणले भोगेको पाइयो, अब यो परिपाटी समाप्त हुनेछ ।’

उनले स्थानीय निकाय स्थापित भएको दुई वर्षभन्दा बढी भइसकेको स्थितिमा अब जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूमा प्रहरीले मात्र हेर्नेबाहेकका मुद्दाका लागि प्रहरी कार्यालयमा छलफल गराउनसमेत बन्द गरिने बताए ।

प्रहरी कार्यालयमा यस्ता छलफल बन्द गरेपछि स्थानीय तहहरूमा पीडित पुग्ने र उनीहरूको समेत भाडालगायत अनावश्यक खर्च बचत हुने आफूले आशा गरेको एसपी अधिकारीले बताए ।

अनावश्यक छलफलमा अलमलिनु नपर्दा प्रहरीको कार्यसम्पादनमा वृद्धि हुने र अपराध अनुसन्धानमा थप समय र ऊर्जा मिल्ने विश्वास उनले व्यक्त गरे । जिल्लामा गत आवमै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्षमै घरेलु हिंसाका चार सय सात उजुरी परेकामा तीमध्ये दुई सय २५ को फस्र्योट भएका छन् भने २१ वटा अदालतमा गएका छन् ।

प्रहरीमा आउने घरेलु हिंसाका मुद्दामध्ये खान–लाउन नदिएको, श्रीमान् र परिवारका अन्य सदस्यले कुटपिट गरेको, नागरिकता नबनाइदिएको, विवाह दर्ता नगरिदिएको मुद्दा बढी आउने गरेका छन् । यस्ता किसिमका मुद्दामा स्थानीय पालिका तथा वडा कार्यालय नै अगाडि आउनुपर्ने र पीडितलाई न्याय दिलाउन सहयोग गर्नुपर्ने स्थानीय विज्ञहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]