१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

व्यक्ति एक:दुई देशको नागरिकता,दोहोरो सेवासुविधा

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र १३, २०८०

जनकपुरधाम । धनुषाको एकजनाले दोहोरो नागरिकता लिएको खुलेको छ । नेपालको नेपाली नागरिक रहेको उनले भारतीय नागरिकता समेत लिएको खुलेको हो ।

धनुषाको औरही गाउँपालिकाकी रोजिया कुमारी कवारीले नेपाली र भारतीय दुवै नागरिकता लिई दोहोरो सेवासुविधा लिइरहेको देखिएको छ । औरही गाउँपालिका वडा नं. १ झिटकहियाकी हदिश कवारीकी छोरी कवारीले भारतीय र नेपाली दुवै नागरिकता प्रयोग गरिरहेको भेटिएको हो ।

कवारीले २०४४ पुष ९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट वंशज अविवाहित नागरिकता लिएको अभिलेख छ । जिल्ला प्रशासन कार्यालय धनुषाबाट उनले प्राप्त गरेको नागरिकताको नम्बर ७११२२४७२ रहेको छ । पछि उनको विवाह भारतमा भयो । उनको विवाह भारतको मधुवनी जिल्ला हरलाखी प्रखण्डका महिद मियाँसँग भएको थियो । विवाहको केही वर्षपछि उनको पति महिदको मृत्यु भयो । २०४४ मा अविवाहित नागरिकता बनाएकी उनले २०४६ मा पतिको मृत्यु भएको भनि माइती पालिकामा मृत्यु दर्ता गरिन ।

नेपालमा रोजिया कुमारी कवारी नामले नागरिकता लिएकी उनले भारतमा रोजिया खातुन नामले आधार कार्ड र मतादाता परिचय पत्र समेत प्राप्त गरिसकेका छन् । भारतमा उनले प्राप्त गरेको मतदाता परिचय पत्रको क्रम संख्या १९६ तथा परिचय पत्र नम्बर ३१-८०-१९७ BR-१३-०७५-०००२६३ रहेको छ । भारतीय अभिलेख अनुसार उनले भारतमा पञ्चायत आम निर्वाचन २०१६ मा मत समेत खसालेको देखिएको छ ।

२०४४ मा अविवाहित नागरिकता बनाएकी कवारीले २०४६ जेठ ४ मा पतिको मृत्यु भएको भनि २०६३ फागुन १७ मा माइतीमा मृत्यु दर्ता गराएको देखिन्छ । तत्पश्चात् औरही गाउँपालिका वडा नं. १ को कार्यालयबाट २०७५ फागुनमा मृत्यु दर्ताको प्रतिलिपि लिई कवारीले २०७६ साउन १ देखि सामाजिक सुरक्षा भत्ता अन्तर्गत विधवा भत्ता प्राप्त गरिरहेकी अभिलेखबाट देखिएको छ ।

औरही गाउँपालिकाबाट भारतीय पतिको बनाइएको मृत्यु दर्तामा नागरिकता प्रमाण पत्र थाहा नभएको उल्लेख छ भने पतिको बुवाको नाम बतहु कवारी तथा हजुरबुवाको नाम थाहा नभएको उल्लेख छ । दर्ता नं. २९ रहेको मृत्यु दर्ता प्रमाण पत्र २०६३ फागुन १७ मा तत्कालीन गाविस सचिव शशिकान्त ठाकुरले उपलब्ध गराएका छन् भने २०७५ फागुनमा औरही गाउँपालिका वडा नं. १ का वडा सचिव देवेन्द्र रायले जारी गरेका छन् ।

एक छोरा र एक छोरी रहेकी कवारीले छोराछोरी दुबैलाई नक्कली बुवा खडा गरी नेपाली नागरिकता दिलाएकी छिन् । स्थानीयहरूका अनुसार कवारीले आफ्ना भाइलाई छोराछोरीको बुवा बनाई नागरिकता दिलाउन सफल भएकी छिन् । कवारीले किर्ते गरी नेपाली नागरिकता लिई दोहोरो नागरिकता लिएकोले कानुन अनुसार कारबाही हुनुपर्ने स्थानीयहरूले माग गरेका छन् ।

वडाध्यक्ष अशेश्वर यादव र पालिकाको सामाजिक सुरक्षा शाखा हेर्ने पञ्जिकाधिकारी मकेश्वर यादवको मिलोमतोमा कवारी परिवारले दोहोरो सेवासुविधा प्राप्त गरिरहेको बुझिएको छ । उनीहरूले अभिलेख नभिडाई आर्थिक चलखेलमा लागि उनीहरूलाई सम्पूर्ण सेवासुविधा प्रदान गरिरहेको स्थानीयहरूको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]