३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

सहिद राममनोहर यादवको पाँचौ स्मृति दिवस ,विभिन्न कार्यक्रम गरि मनाउँदै

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र १५, २०८०

जनकपुरधाम । स्वराज आन्दोलनको प्रथम सहिद राममनोहर यादवको आज पाँचौ स्मृति दिवसको अवसर पारेर जनमत पार्टीले विभिन्न कार्यक्रम गरि मनाउदै छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता सहिद राममनोहर यादवको सम्झनामा पाँचौ स्मृति दिवसको अवसर काठमाडौंसहित तराईका जिल्लाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको हो ।

२०७५ भाद्र ७ गते तात्कालिन संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रममा उनले प्रश्न सोध्ने क्रममा पक्राउ परे।तर,उनलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ गरी राज्य विप्लवको मुद्दा लगाई हिरासतमा यातना दिएर बर्दिया प्रहरीद्वारा हत्या गरिएको आरोप संगठनले लगाएको थियो ।

उच्च रक्तचापका विरामी समेत रहेका स्व. राममनोहरले नियमित खाने औषधी समेत खान नदिएको, यातनाका बेला परिवारसंग भेट्न नदिएको जानकारी केन्द्रिय नेता अब्दूल खानले दिएका थिए ।

सिकिस्त भई बेहोस भईसकेपछि मात्र प्रहरीले उपचारका लागी स्व. राममनोहरलाई स्थानिय स्वास्थ्य चौकी, जिल्ला अस्पताल र अन्तमा काठमाडौं लैजाने क्रममा अनावश्यक समय बर्बाद गरी जानिजानि २०७५ भाद्र १५ गते मृत्युको मुखमा पुर्‍याएको उहाँको सहयात्री जनमत पार्टीको केन्द्रिय उपाध्यक्ष , पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य अब्दुल खानले बताएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]