१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

एकसाथ ५० भन्दा बढी सहसचिवको सरुवा हुँदै

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र १५, २०८०

काठमाडौ । सरकारले एकै साथ ५० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदमा ५२ जना सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लगेको थियो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि मन्त्रीहरुको राय सुझाव लिएर मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सूची प्रमाणीकरण गर्नेछन् । त्यसैले सो सूचीमा हेरफेर र थपघटको सम्भावना छ ।

‘सहसचिवहरुको सरुवा हुने तय भइसकेको छ, प्रमाणीकरणको प्रक्रिया पुरा नभई सरुवा भएकाहरुको सूची बाहिर आउँदैन,’ संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका एक अधिकारीले भने,‘लामो सयमदेखि एकै ठाउँमा रहेका र विभिन्न मन्त्रीले राखेको चाहनाबमोजिम अन्तिम सूची प्रमाणीकरण भएर आउँछ ।’

प्रधानमन्त्रीको अमेरिका भ्रमणअघि नै सरुवाको सूची प्रमाणीकरण गरेर सार्वजनिक गर्ने तयारी छ । को–को ससहचिवको कुन मन्त्रालय र निकायमा सरुवा भयो भन्ने खुलेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]