२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

विद्यालय जाँदै क्रममा बालिका माथि एसिड प्रहार , एक युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र २०, २०७६

विरगंज । पर्सा जिल्लाको विरगंज महानगरपालिकामा शुक्रबार बिहानै विद्यालय जाने क्रममा एक बालिका माथी एसिड प्रहार गरेका एक युवक पक्राउ परेका छ्न।

महानगरपालिकामा वडा नं. १ छपकैया बस्ने १५ वर्षीया किशोरी मुस्कान खातुन रहेकी प्रहरीले जनाएको छ । खातून आफ्नै घर छपकैयाबाट बिहान विद्यालय जानेक्रममा २ जना युवकले उनिमाथी वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार गरेका छन । बिहान ६ बजे विद्यालय जादै गर्दा अचानक खातुनमाथि एसिड प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छिन् ।

ऊनिमाथी बीरगंज छपकैया टोलकै सम्साद मिया र मक्सेद आलम एसिड प्रहार गरेको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक अन्न्तराम शर्माले जानकारी दिएका छन । गणेशमान चोक जाने गल्लीमा गल्लीमा रहेको एक शैलुनमा पहिलेदेखिनै बाटो कुरेर बसेका दुई युवकले छात्रामाथि एकाएक एसिड प्रहार गरी भागेको प्रत्यदर्शीले बताएका छन ।

प्रत्यक्षदर्शीका अनुसार ती छात्रा सोही बाटो भएर विद्यालय जाने क्रममा स्कुल ड्रेसमै रहेको अवस्थामा उनी माथि एसिड प्रहार भएको बताएका छन l घटनामा संलग्न मुख्य नाइके छपकैया निवासी संसाद मियालाई प्रहरीले पक्राउ गरिसकेको छ। थप एक युवा माजिद मिया फरार रहेकाले प्रहरीले खोजी गरिरहेको प्रहरी नायब उपरिक्षक शर्माले जानकारी दिएका छन।

यसैबीच पर्सा निर्वाचन क्षेत्र १ का सांसद प्रदिप यादवले घाईते किशोरीको परिवारलाई नगद ५० हजार प्रदान गरेका छन्। छात्रामाथि भएको घटना दुखत रहेको भन्दै सांसद यादवले आफू काठमाडौंमै भएकाले उपचारमा कुनै कमी हुन नदिन उपचारमा संलग्न डाक्टरहरूलाई निर्देशन दिइसकेको जानकारी दिएका छन ।

उनले चाडो काठमाडौं ल्याएर उपचार गराउन समेत भनेका छन्। वीरगन्जमा लाग्ने खर्च तथा बाटो खर्चको लागि केही रकम दिएको र काठमाडौं आएपछि थप सहयोग गर्ने उनले बताएका छन । घाईते छात्रालाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]