१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

ललिता निवास जग्गा प्रकरण : १७ जनाको बयान पुरा

आइतबारदेखि थुनछेक बहस
Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र १६, २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ ।

बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरेको थियो ।शुक्रबार घिमिरेको बयान सकिने जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले बताए । भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो । आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुन्छ ।

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ ।

थुनामा रहेका प्रतिवादी

१. मिन बहादुर गुरुङ, भाटभटेनी सुपर मार्केटका संचालक

२. लोकहरी घिमिरे, कार्यालय प्रमुख समरजंग कम्पनी

३.गोपाल कार्की, अवकाश प्राप्त खरिदार

४. शिवजी भट्टराई, तत्कालीन वडा सचिव

५.घमान कुमारी कार्की, नापी सर्भेक्षक

६.बाबुराजा महर्जन, नक्कली मोही

७. देव नारायण महर्जन, मोही

८.ध्रुब प्रसाद अर्याल, नापी सर्भेक्षक

९. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत

१०. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत

११. रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग

१२. बालकृष्ण श्रेष्ठ, सीडिई भौतिक योजना तथा निर्माण मन्त्रालय

१३. बिनोद पौडेल, सह लेखापाल समरजंग कम्पनी

१४.केशव तुलाधर, बिचौलिया

१५. अरुण कुमार श्रेष्ठ, कर्मचारी नापी विभाग

१६. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत

१७. सञ्जय महर्जन, नक्कली मोही

१८. सकलानन्द महर्जन, नक्कली मोही

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]