१७ बैशाख २०८२, बिहिबार
01-05-2025 , Thu
×

लोसपा नेता जयसवालको दादागिरीः आमा छोरालाई गरे निर्घात कुटपिट

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र १८, २०८०

जनकपुरधाम । धनुषामा एक दलित समुदायकी आमा छोरालाई निर्घात कुटपीट गरि ज्यान मार्ने प्रयास गरेको आरोप लागेको छ ।

सबैला नगरपालिका–३ कि कोशिल्या देवी दास र २१ वर्षीय भरोषी दासलाई निर्घात कुटपीट गरि घाइते बनाइको हो । कोशिल्या र भरोसी आमा–छोरा हुन् । घाइतेहरूको उपचार जनकपुरस्थित गोल्डेन अस्पतालमा भइरहेको छ ।

लोसपाका नेता रामचन्द्र जयसवाल ’भठ्ठीबला’ले उनीहरुलाई कुटपीट गरि ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ । आरोपित जयसवाल लोसपबाट सबैला नगरपलिकामा मेयरका प्रत्यासी थिए ।

भदौ १५ गते राति ९ बजेतिर जयसवालको मदिरा भठ्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायत ७÷८ जनाको समुहले रामचन्द्र जयसवालको नेतृत्वमा साँघातिक आक्रमण गरेको पीडित पक्षले बताएको छ ।

मिटरब्याजीको आरोप लागेको जयसवालसँग छोरीको विवाह गर्नका लागि दासले ५ लाख ऋण लिएकोमा दुइ वर्षमा ५ लाख फिर्ता गरेपनि विपक्षी जयसवालले पुन ७ लाखको तमसुक बनाएको पीडितले बताईन । सोही ऋृण तिर्न हाल घर बनाएर बसिरहेको घडेरी बेचेर ऋण पनि तिर्ने र सबैलामै अर्को ठाउँमा सस्तोमा जग्गा खरिद गरि घर बनाएर बस्ने योजनामा रहेको कौसिलया देवीलाई सो जग्गा आफुलाई ऋणको वापत दिन केही दिन देखि जयसवालले दबाब दिइरहेको बताइन् ।

जयसवाललाई सो जग्गा कुनै पनि हालतमा दिन तयार नरहेको कौसिलयाको छोरा भरोषी र आरोपित जयसवालको सबैला बजारमै जयसवालसँग भनाभन भएको थियो । जयसवालको योजनामा आफ्नै मदिरा भठ्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास र अन्य तीन जना समेत गरि ७÷८ जनाको समुहले कौसिलयाको छोरा भरोषीलाई घरबाट तानेर सडकमा लगि निर्घाट कुटपिट गरिरहदा मुख र नाकबाट रगत बगेर बेहोस भएको अवस्थामा छोरालाई बचाउन पुगेकी कौसिलयालाई लोसपा नेता समेत रहेका भठ्ठीबला जयसवालले लात खुट्टाले तल्लो पेटमा प्रहार गर्दा कौसिलयाको संवेदनशील अंगमा गम्भीर चोट लागि रक्तस्राव सुरु भएपछि गाउँलेको सहयोगमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सबैलामा पठाइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर पठाइयो ।

घटनाको तीन दिन बितिसक्दा पनि घटनास्थलबाट पाँच सय मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी मुखदर्शक बनेका छन् ।

उक्त कुटपिटको विषयमा आफुहरुलाई केही जानकारी नभएको ईलाका प्रहरी कार्यालय सबैलाका सई सुनकाजी तामांग बताउँछन् । जबकी कुटपिट हुँदाको असई धर्मानन्द मण्डल त्यही रहेको पीडित पक्षको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]