१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

मंगलेश्वर महादेव मन्दिरको संस्थापक डा.सत्यनारायणको निधन,सिंगो गाउँनै शोकमा

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १९, २०८०

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका -६ हठिपुरमा मंगलेश्वर महादेव मन्दिरको संस्थापक समाजसेवी डा.सत्यनारायण यादव भदिसवारको निधन भएको छ।

मंगलबार राती १२:४५ मिनेटमा अमिरेकामा आफ्नै निवासमा ६५ वर्षको उमेरमा डा.सत्यनारायण यादव भदिसवारको निधन भएको दिनेश भदिसवारले जानकारी दिए।

उनका अनुसार डा.सत्यनारायण ४० वर्षदेखि अमिरेकामा बस्दै आइरहेको थिए।उनले आफ्नै जन्मभुमी हठिपुरमा आफ्नो व्यक्तिगत लगानीमा आन्तरिक पर्यटनलाई लोभलाग्दो मंगलेश्वर महादेवको मन्दिर निर्माण गरेको हो।

डा.सत्यनारायणले आफ्नो गाउँमा मात्रै हैन्न,अरु कयौं स्थानमा महादेवको मन्दिरमा बनाएको हो।उनले गाउँका एक सय भन्दा बढी गरिब किसानका छोराछोरीलाई आर्थिक सहयोग गरेर डाक्टर इन्जिनियर बनाउन सफल भएको व्यक्ति हुनुहुन्छ डा.सत्यनारायण यादव भदिसवार ।

उनले आफ्नै बुबा किसुन भदिसवार र काकाको नाममा गाउँमै सामुदायिक विद्यालय समेत बनाएको हो।

डा.सत्यनारायणले देवोका देव महादेवको भक्तिमा करिब २५ वर्षदेखि लागेका थिए।

उनको एक छोरा र दुई छोरी रहेको हो।उनिहरु पनि अमिरेकामा बस्दै आइरहेको छ।डा.सत्यनारायणको अन्तिम संस्कार नेपाली समय ७ बजे बुधबार साँझ अमिरेकामा हुने उनको परिवारकै सदस्य दिनेश भदिसवारले जानकारी दिएको हो।उनको अन्तिम संस्कारको अमिरेकाबाट लाईभ जोडेर मंगलेश्वर महादेवको प्राङ्गणमा लाइभमार्फत गाउँबासीले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ।

डा.सत्यनारायण यादव भदिसवारको निधनको खबरले सिंगो गाउँनै शोकमा डुबेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]