१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

सकारात्मक सोचका साथ अगाडि बढे मात्रै विकास सम्भव हुने :शिक्षा मन्त्री यादव

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र २२, २०८०

वीरगञ्ज ।मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले सकारात्मक सोचका साथ अगाडि बढे मात्रै विकास सम्भव हुने बताएका छ्न।

शुक्रवार वीरगञ्जमा रहेको मधेस विश्वविद्यालयको प्रथम बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै शिक्षा मन्त्री यादव यस्तो बताएका हुन। जब सम्म सकारात्मक सोचका साथ अगाडि बढेपछि मात्रै विकास सम्भव रहने उनले भने।

मधेस पछाडि पर्नुको मुख्य कारण शिक्षा नै रहेकोले शिक्षाको विकासका लागि विश्वविद्यालय स्थापना एउटा कोशोढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् । मधेश विश्वविद्यालयले नै मधेशको मुहार फेर्ने पनि उनको धारणा छ । विश्वविद्यालय स्थापनाले मधेसको महत्वलाई थप स्थापित गरेको भन्दै यसलाई सबैले सकारात्मक सोचका साथ लिएमा मात्रै समग्र विकास हुन सक्ने धारणाा यादवले राखेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले मधेशकै संस्कृती र पहिचानलाई पाठ्यक्रम बनाई अध्यापन गराइने बताए । यही शैक्षिक सत्रदेखि २ वटा संकायको पठनपाठन सुरु गर्ने तयारी अन्तिम चरणमा रहेको पनि उनले जानकारी गराए । साथै मधेश विश्वविद्यालयलाई लिएर विद्यार्थीदेखि यस भेगका शिक्षाकर्मीहरु पनि उत्साहित रहेको शाक्यको भनाई छ ।

कार्यक्रममा प्रदेशका मन्त्रीहरु, प्रदेश सांसदहरु, नगरपालिका, गाउँपालिकाका प्रमुख, अध्यक्ष, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । विश्वविद्यालयका रजिष्टार डाक्टर विजय यादवले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कार्यक्रममा डिन डाक्टर मान बहादुर विकले विश्व विद्यालयले गरिरहेका गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए ।

यसअघि विश्वविद्यालयले बहुदरामाई नगरपालिका वडा नम्बर २ मा रहेको जग्गामा वृक्षरोपण गर्नुका साथै निशुल्क बृहत स्वास्थ्य शिविरको पनि आयोजना गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]