२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

जनकपुरको जानकी वृद्ध आश्रमका वृद्वाहरुको नि:शुल्क स्वास्थ्य परिक्षण

Logo
प्रकाशित शनिबार, भाद्र २१, २०७६

जनकपुरधाम।संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरस्थित जानकी वृद्धा आश्रममा रहेका वृद्धाहरुको शनिबार स्वास्थ्य परिक्षण गरेको हो।

व्युटिसियन एसोशिएसन धनुषाले शनिबार विहान आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण कार्यक्रमलाई उदघाटन गर्दै राज्यमन्त्री डा. यादवले केही वृद्धाहरुको स्वास्थ्य परीक्षण आफै गर्नुभएको हो ।स्वास्थ्य जाँच गर्दै उहाँले स्वस्थ्य रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा वृद्धाहरुलाई सल्लाह सुझाव दिनुभयो ।

वृद्धामा बढी दम रोगको सिकायत रहेको राज्यमन्त्री यादवको भनाई छ । उहाँले आश्रमका वृद्धाहरुको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्था गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।शिविरमा वृद्धाहरुलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । वृद्धाअश्रममा अहिले १६ जना वृद्धाहरु छन् । जानकी वृद्धा आश्रममा सन्तान नभएको तथा सन्तानबाट पीडित वृद्धाहरु बस्ने गर्छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]