१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

रौतहटमा डेंगुका बिरामी बढे

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र २३, २०८०

चन्द्रनिगाहपुर । रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ।

स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्।

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए।

यता चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पताल प्रालिमा पनि एक सातामा २० जनाभन्दा बढीमा डेंगु रोग देखा परेको छ। सिम्स अस्पतालका डाक्टर रामकिशोर साहका अनुसार एक सातामा सामान्य ज्वरो आएर चेक गराउन आउनेहरूको परीक्षणका क्रममा डेंगु रोग फेला परेको हो।

चन्द्रनिगाहपुरमा रहेका अन्य निजी अस्पतालमा समेत डेंगु रोगका बिरामी फेला परेका छन्। डाक्टरहरूका अनुसार लामखुट्टेको टोकाइबाट सर्ने यो रोग महामारीको रूपमा यस क्षेत्रमा देखा पर्ने अवस्था रहेको छ।

चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्ने औषधि समयमा नछरेका कारण डेंगु रोगका बिरामी बढ्दै जान थालेको स्थानीय बासिन्दा भरत आचार्यले बताए। एउटा मान्छेलाई टोकेको लामखुट्टेले अर्को मान्छेलाई टोकेमा डेंगु सर्ने स्वास्थ्यकर्मीको भनाइ रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]