२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

सर्लाहीमा भाइरल ज्वरोका बिरामी बढे

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र २३, २०८०

सर्लाही । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोका बिरामी बढेका छन्।जिल्लाका प्रत्येकजसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्। निरन्तर एक साता पानी परेर मौसममा परिवर्तन आएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको हो।

बरहथवा नगरपालिकाका स्वास्थ्य संयोजक, सत्यनारायण यादवले हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल फिभर (सरुवा ज्वरो) का बिरामी हुने गरेको बताए। त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको यादवले बताएका छन्।

उनका अनुसार भाइरल ज्वरोसँगै अन्य समयभन्दा अहिले डेंगु र जन्डिसका बिरामी पनि आउने गरेको बताए।

जिल्लाको उत्तरी भेगका बरहथवा, लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत स्थानका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक २५ देखि ३० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। अन्य ठाउँको तुलनामा बरहथवा, नवलपुर, हरिवनका निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढी देखिन्छ।

प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले भाइरल फिभर ह्वात्तै बढेको बताए। यसको विवरण भने आउन बाँकी रहेको बताए। डाक्टर झाका अनुसार जिल्लाभर डेंगुका बिरामी पनि बढिरहेका छन्।

स्वास्थ्य कार्यालय मलंगवाका अनुसार जिल्लाभर डेंगुका ६१ जना संक्रमित छन्। चिकित्सकले डेंगु तथा भाइरल ज्वरोबाट बच्न घर वरपर लामखुट्टे बस्ने नपाउने गरी सरसफाइ गर्न, संक्रमित व्यक्ति अन्य व्यक्तिबाट टाढै बस्न, पोसिलो खानेकुरा खान, चर्को घाम लागेका वेला सकेसम्म घरभित्रै बस्न र स्वास्थ्य सावधानीका अन्य उपाय अपनाउन आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]