१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

दुई समुदायको झडपले अशान्त बनेको मलंगवामा निकालियो सद्भाव र्‍याली

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र २४, २०८०

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा धार्मिक तथा सामाजिक सहिष्णुताका लागि सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाही र मलंगवा नगरपालिकाको संयुक्त आयोजनामा सद्भाव र्‍याली निकालिएको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वपक्षीय भेलाबाट दुई बुँदे निर्णय गर्दै आइतबार दिउँसो सद्भाव र्‍याली निकालिएको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश सांसद कौशल किशोर राय, मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवलगायत वडाध्यक्ष, नागरिक समाजले नगरपरिक्रम गरेका छन्। आइतवाबार बसेको सर्वपक्षीय भेलाले मलंगवा नगरमा सद्भाव र्‍याली आयोजना गर्ने, सबै क्षेत्रका अगुवाले आ-आफ्नो समुदायलाई संयमता अपनाउन पहल र हुन अनुरोध गर्ने, संयमता नअपनाई आपराधिक क्रियाकलापमा कोही संलग्न हुन गएमा कानुनी कारबाहीको लागि सबै पक्षले सहयोग गर्ने।

गत भदौ २२, २३ र २४ गते भएको घटना व्यवस्थापन सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यी समिति गठन गरी आजको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनबमोजिम कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

कृष्णको मुर्ती सेलाउन विषयमा दुई समुदायबीच झडप हुदाँ शुक्रबार रातिदेखि सर्लाही सदरमुकाम मलंगवा तनावग्रस्त बनेको थियो। शनिबार बिहानदेखि अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बेलुका ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु हटाइए पनि निषेधाज्ञा अहिले पनि जारी नै छ।

२७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा कायमै राखिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। अब उपरान्त कसैले कुनै पनि प्रकारको आपराधिक गतिविधि गरे हदैसम्मको कारबाही गर्ने प्रजिअ यादवले चेतावनीसमेत दिएका छन्। कर्फ्यु हटाएपछि आइतबार फेरि पनि केही झडप भएको हो। अहिले अवस्था समान्य भए पनि बजार बन्द नै रहेको छ।

औषधी पसल र केही खाजा पसलहरूमात्र खुल्न सकेको छ। व्यापारीहरू अहिले पनि त्रासको अवस्था छ। मलंगवाको विभिन्न स्थानमा अहिले व्यापकरूपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]