०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

दुई समुदायको झडपले अशान्त बनेको मलंगवामा निकालियो सद्भाव र्‍याली

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र २४, २०८०

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा धार्मिक तथा सामाजिक सहिष्णुताका लागि सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाही र मलंगवा नगरपालिकाको संयुक्त आयोजनामा सद्भाव र्‍याली निकालिएको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वपक्षीय भेलाबाट दुई बुँदे निर्णय गर्दै आइतबार दिउँसो सद्भाव र्‍याली निकालिएको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश सांसद कौशल किशोर राय, मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवलगायत वडाध्यक्ष, नागरिक समाजले नगरपरिक्रम गरेका छन्। आइतवाबार बसेको सर्वपक्षीय भेलाले मलंगवा नगरमा सद्भाव र्‍याली आयोजना गर्ने, सबै क्षेत्रका अगुवाले आ-आफ्नो समुदायलाई संयमता अपनाउन पहल र हुन अनुरोध गर्ने, संयमता नअपनाई आपराधिक क्रियाकलापमा कोही संलग्न हुन गएमा कानुनी कारबाहीको लागि सबै पक्षले सहयोग गर्ने।

गत भदौ २२, २३ र २४ गते भएको घटना व्यवस्थापन सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यी समिति गठन गरी आजको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनबमोजिम कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

कृष्णको मुर्ती सेलाउन विषयमा दुई समुदायबीच झडप हुदाँ शुक्रबार रातिदेखि सर्लाही सदरमुकाम मलंगवा तनावग्रस्त बनेको थियो। शनिबार बिहानदेखि अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बेलुका ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु हटाइए पनि निषेधाज्ञा अहिले पनि जारी नै छ।

२७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा कायमै राखिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। अब उपरान्त कसैले कुनै पनि प्रकारको आपराधिक गतिविधि गरे हदैसम्मको कारबाही गर्ने प्रजिअ यादवले चेतावनीसमेत दिएका छन्। कर्फ्यु हटाएपछि आइतबार फेरि पनि केही झडप भएको हो। अहिले अवस्था समान्य भए पनि बजार बन्द नै रहेको छ।

औषधी पसल र केही खाजा पसलहरूमात्र खुल्न सकेको छ। व्यापारीहरू अहिले पनि त्रासको अवस्था छ। मलंगवाको विभिन्न स्थानमा अहिले व्यापकरूपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]