०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी: शिक्षा मन्त्री यादव

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र २५, २०८०

राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रदेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन् ।

सप्तरी जिल्लामा विगत आढाई दशकदेखी क्रियाशिल सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको २४औं वार्षिक साधारण सभाको आइतबार राजविराजमा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

सामुदायिक विद्यालयमा घट्दै गएको आकर्षणलाई मध्यनजर गरि शिक्षा ऐन ल्याउने तयारी भइरहेको उनको भनाई थियो ।मन्त्री यादवले विगतको सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै उपयुक्त नरहेका कार्यक्रमलाई बोकेर हिड्न बाध्य नहुने समेत स्पष्ट पारे ।

उनले सरकारी विद्यालयमा आकर्षण घट्नुको मूल कारण पठनपाठन स्तरिय र नियमित नहुन पनि रहेको बताउँदै कतै विद्यार्थीको तुलनामा शिक्षक बढी हुने त कतै विद्यार्थी संख्याको अनुपातमा शिक्षक अत्यन्त न्युन रहने गरेको जिकिर गरे ।

विगतमा शिक्षामा सुधार हुन नसकेको बताउँदै उनले अहिले छुट्टै शिक्षा मन्त्रालय कायम भएका कारण पनि पहिलेका कमिकमजोरीलाई हटाई शिक्षामा परिवर्तन ल्याउने र सरकारी विद्यालयलाई आकर्षणको केन्द्र बनाएर छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य एवं मधेश प्रदेशको अर्थ तथा योजना समितिका सभापति सतिशकुमार सिंहले सेभ द सप्तरीको सहयोगमा जिल्लास्थित विभिन्न समुदायिक विद्यालयको अवस्थामा सुधार आएको बताए । उनले गरिब परिवारका बालबालिकाको विद्यालयसम्मको पुहँचमा बृद्धि भएको बताउँदै शैक्षिक गुणस्तर सुधार्न सेभ द सप्तरीले खेलेको भूमिकाबाट अन्य संघसंस्थाले पनि प्रेरणा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष ध्रुब प्रसाद देवले आ.ब. २०७९÷८० मा संस्थाद्वारा सेभ द चिल्ड्रेनको सहयोगमा समुन्नती कार्यक्रम अन्तरगत संचालित मातृ तथा नवजात शिशु, बालविकास, आधारभूत शिक्षा, विद्यालय स्वास्थ्य पोषण, किशोरकिशोरी विकास, योन तथा प्रनन् स्वास्थ्य, जिविकोपार्जन लगायतका कार्यक्रमहरुको संचालन प्रभाव र अवस्था बारे बिस्तृत प्रतिवेदन प्रस्तुत गरे ।

संस्थाले बालबालिकाहरुलाई गुणस्तरिय शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ शैक्षिक कार्यक्रमका साथै सरसफाई, जलवायु परिवर्तन र दैविक प्रकोप बिरुद्ध पनि कार्यक्रम संचालन गर्दै आएको कार्यक्रम संयोजक सन्तोष कुमार यादवले जानकारी दिए । उनका अनुसार आ.ब. २०७९÷८० समुन्नती कार्यक्रममा कुल ६ करोड २७ लाख २४ हजार १६ रुँपैया लगानी भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार काकी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, उपाध्यक्ष फुलकुमारी साह, कोशी पीडित समाजका निर्देशक देवनारायण यादव, गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष दिपककुमार झा लगायतले पनि बोल्दै जिल्लामा संचालित गतिविधी मुलुकभरी फैलाउन संस्थालाई सुझाव दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]