१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

विमानस्थल भन्सार कर्मचारीले गरे आन्दोलनको घोषणा

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र २५, २०८०

काठमाडौं। काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले कडा आन्दोलनको घोषणा गरेका छन् । माग सुनुवाई नभएको भन्दै सेवा ठप्प पार्ने सम्मको चेतावनी दिएका हुन् ।

आइतबार पनि कर्मचारीहरुले पेन डाउन गरेर विरोध जनाएका हुन् र आगामी भदौ २५ र २६ गते कार्यालयको जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धि सम्पुर्ण कार्य पुर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् ।

भदौ २७ गतेभित्र अघि सारेको ७ बुंदे माग सम्बोधन नभए कार्यालयको यात्रुजाँचपास शाखाबाट हुने कार्यहरुसमेत बन्द गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् । केही समय अघि नै कर्मचारीहरुले सामुहिक राजीनामा दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]