१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

मधेसमा सिटिईभीटीको लापरबाही : दलित कोटामा बाहुन र मुस्लिम कोटामा पासवानलाई छात्रवृत्ति !

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र २७, २०८०

जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिईभीटी) मधेस प्रदेशले गम्भीर लापरबाही गरेको घटना बाहिरिएको छ । परिषद्ले संचालनका गरेको निःशुल्क छात्रवृत्तितर्फको परिक्षाको सार्वजनिक नतिजामा गम्भीर लापरबाही गरेको भेटिएको हो ।

प्रकाशित नतिजामा कोटामै नपर्ने झा र यादवलाई दलिततर्फ निःशुल्क छात्रवृत्ति कोटामा नतिजा सार्वजनिक गरिएको छ भने मुस्लिम कोटामा पासवानलाई सिफारिस गरिएको छ । त्यस्तै मण्डल थर भएका व्यक्तिको नामावली दलिततर्फ राखिएको छ । यद्यपि एउटा मण्डल समुदायभित्रको जाति दलित र मण्डल समुदायभित्रकै अर्को जनजातीमा पर्ने गर्छ । तर सो दलित कोटातर्फ परेका मण्डल भने दलित नभइ जनजाति रहेको स्रोतको दाबी छ ।

सोमबार परिषद्ले प्रकाशित गरेको नतिजामा दलित कोटामा डब्लु कुमार यादव र कार्तिकेश झाको नाम सार्वजनिक गरेको छ। त्यस्तै मुस्लिम मोटामा बिकास पासवानको नाम उल्लेख छ । डिप्लोमा सिभिल ईन्जिनियरिंगतर्फको नतिजामा डब्लु, कार्तिकेश र बिकासको नतिजा त्रुटिपूर्ण छ । यस्तै, डिप्लोमा जियोमेट्रिकस ईन्जिनियरिंगतर्फको नतिजामा राजाबाबु यादवलाई मधेसी दलित कोटामा उतिर्णमा नाम राखेको छ । सोही कोटाको वैकल्पिकमा मधेसी दलित सिकेन्द्र कुमार महरालाई वैकल्पिक लिस्टमा राखेको छ । यसै संकायको सबै छात्रलाई छात्रातर्फको पास लिस्टमा राखेर नतिजा परिषद्ले नतिजा प्रकाशन गरेको छ ।

परिषद्ले सार्वजनिक गरेको दर्जनौं नतिजामा जनजाति मण्डललाई पनि दलित कोटामा राखिएको छ भने दलितलाई जनजातिमा राखेर वैकल्पिक लिस्टमा राखेको केही विद्यार्थीहरुको गुनासो छ ।

क्रमशः हेर्दा परिषदद्वारा प्रकाशित सबै नतिजा त्रुटिपूर्ण छ ।

समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिवले बलिराम कापरीले परिषद्का निर्देशकले आर्थिक चलखेल गरेर नतिजा त्रुटिपूर्ण बनाएको आरोप लगाएका छन् । उनले परिषद्कै कर्मचारी तथा केही बिचौलियाहरुले एकजना विद्यार्थीबाट संकाय हेरी १ देखि ३ लाखसम्म रुपैया लिएर नतिजा यस्तो बनाएको उनको आरोप छ ।

यस्तै जनजाती मण्डललाई दलितमा, दलितलाई जनजातीमा, साह र यादवलाई खस आर्यमा लगायतका कोटाहरुमा हेरफेर गरी झुक्याउने गरी नतिजा प्रकाशन गरेको उनले बताएका छन् ।

नतिजा त्रुटिपूर्ण प्रकाशन भएपछि दलित अभियानी बिनोद महरा, विद्यार्थी नेता कापरी लगायतका व्यक्तिहरुले विरोध जनाएपछि उक्त नतिजा परिषद्ले स्थगन गरेको छ । उनीहरुले नतिजा नसच्चाए परिषद् विरुद्ध कडा आन्दोलन गर्ने अभिव्यक्तिहरु दिन थालेपछि परिषद्ले बाध्य भएर सो नतिजा स्थगन गरेको हो ।

परिषद्ले आफ्नो वेबसाईटमार्फत प्रकाशन गरेको सो नतिजा अहिले डिलिट नै गरिसकेको छ । परिषद् मधेस प्रदेशका निर्देशक अरविन्दकुमार चौधरी भन्छन्,–’त्रुटिपूर्ण नतिजा स्थगन गरिसकेका छौं । त्रुटिपूर्ण नतिजालाई राम्ररी केलाएर सच्चाएर फेरी प्रकाशन गर्छौं ।’

उनले त्रुटिपूर्ण नतिजा प्रकाशन भएकोमा क्षमा समेत मागेका छन् । तर यता विद्यार्थी नेताहरुले भने छात्रवृत्तितर्फ व्यापक रकमको चलखेल भएको दाबी गरेका छन् । उनीहरूले केही कोचिङ्ग सञ्चालकहरूसँग सेटिङ्ग गरि परिषदका कर्मचारीहरुले आर्थिक चलखेल गरेको दाबी गरेका छन् ।

परिषद्ले गत २०८० भदौ २ गते निःशुल्क छात्रवृत्तिको लागि प्रवेशिका परिक्षा लिएको थियो । परिक्षामा ४ हजार १८ जना विद्यार्थी भाग लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]