०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेसमा सिटिईभीटीको लापरबाही : दलित कोटामा बाहुन र मुस्लिम कोटामा पासवानलाई छात्रवृत्ति !

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र २७, २०८०

जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिईभीटी) मधेस प्रदेशले गम्भीर लापरबाही गरेको घटना बाहिरिएको छ । परिषद्ले संचालनका गरेको निःशुल्क छात्रवृत्तितर्फको परिक्षाको सार्वजनिक नतिजामा गम्भीर लापरबाही गरेको भेटिएको हो ।

प्रकाशित नतिजामा कोटामै नपर्ने झा र यादवलाई दलिततर्फ निःशुल्क छात्रवृत्ति कोटामा नतिजा सार्वजनिक गरिएको छ भने मुस्लिम कोटामा पासवानलाई सिफारिस गरिएको छ । त्यस्तै मण्डल थर भएका व्यक्तिको नामावली दलिततर्फ राखिएको छ । यद्यपि एउटा मण्डल समुदायभित्रको जाति दलित र मण्डल समुदायभित्रकै अर्को जनजातीमा पर्ने गर्छ । तर सो दलित कोटातर्फ परेका मण्डल भने दलित नभइ जनजाति रहेको स्रोतको दाबी छ ।

सोमबार परिषद्ले प्रकाशित गरेको नतिजामा दलित कोटामा डब्लु कुमार यादव र कार्तिकेश झाको नाम सार्वजनिक गरेको छ। त्यस्तै मुस्लिम मोटामा बिकास पासवानको नाम उल्लेख छ । डिप्लोमा सिभिल ईन्जिनियरिंगतर्फको नतिजामा डब्लु, कार्तिकेश र बिकासको नतिजा त्रुटिपूर्ण छ । यस्तै, डिप्लोमा जियोमेट्रिकस ईन्जिनियरिंगतर्फको नतिजामा राजाबाबु यादवलाई मधेसी दलित कोटामा उतिर्णमा नाम राखेको छ । सोही कोटाको वैकल्पिकमा मधेसी दलित सिकेन्द्र कुमार महरालाई वैकल्पिक लिस्टमा राखेको छ । यसै संकायको सबै छात्रलाई छात्रातर्फको पास लिस्टमा राखेर नतिजा परिषद्ले नतिजा प्रकाशन गरेको छ ।

परिषद्ले सार्वजनिक गरेको दर्जनौं नतिजामा जनजाति मण्डललाई पनि दलित कोटामा राखिएको छ भने दलितलाई जनजातिमा राखेर वैकल्पिक लिस्टमा राखेको केही विद्यार्थीहरुको गुनासो छ ।

क्रमशः हेर्दा परिषदद्वारा प्रकाशित सबै नतिजा त्रुटिपूर्ण छ ।

समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिवले बलिराम कापरीले परिषद्का निर्देशकले आर्थिक चलखेल गरेर नतिजा त्रुटिपूर्ण बनाएको आरोप लगाएका छन् । उनले परिषद्कै कर्मचारी तथा केही बिचौलियाहरुले एकजना विद्यार्थीबाट संकाय हेरी १ देखि ३ लाखसम्म रुपैया लिएर नतिजा यस्तो बनाएको उनको आरोप छ ।

यस्तै जनजाती मण्डललाई दलितमा, दलितलाई जनजातीमा, साह र यादवलाई खस आर्यमा लगायतका कोटाहरुमा हेरफेर गरी झुक्याउने गरी नतिजा प्रकाशन गरेको उनले बताएका छन् ।

नतिजा त्रुटिपूर्ण प्रकाशन भएपछि दलित अभियानी बिनोद महरा, विद्यार्थी नेता कापरी लगायतका व्यक्तिहरुले विरोध जनाएपछि उक्त नतिजा परिषद्ले स्थगन गरेको छ । उनीहरुले नतिजा नसच्चाए परिषद् विरुद्ध कडा आन्दोलन गर्ने अभिव्यक्तिहरु दिन थालेपछि परिषद्ले बाध्य भएर सो नतिजा स्थगन गरेको हो ।

परिषद्ले आफ्नो वेबसाईटमार्फत प्रकाशन गरेको सो नतिजा अहिले डिलिट नै गरिसकेको छ । परिषद् मधेस प्रदेशका निर्देशक अरविन्दकुमार चौधरी भन्छन्,–’त्रुटिपूर्ण नतिजा स्थगन गरिसकेका छौं । त्रुटिपूर्ण नतिजालाई राम्ररी केलाएर सच्चाएर फेरी प्रकाशन गर्छौं ।’

उनले त्रुटिपूर्ण नतिजा प्रकाशन भएकोमा क्षमा समेत मागेका छन् । तर यता विद्यार्थी नेताहरुले भने छात्रवृत्तितर्फ व्यापक रकमको चलखेल भएको दाबी गरेका छन् । उनीहरूले केही कोचिङ्ग सञ्चालकहरूसँग सेटिङ्ग गरि परिषदका कर्मचारीहरुले आर्थिक चलखेल गरेको दाबी गरेका छन् ।

परिषद्ले गत २०८० भदौ २ गते निःशुल्क छात्रवृत्तिको लागि प्रवेशिका परिक्षा लिएको थियो । परिक्षामा ४ हजार १८ जना विद्यार्थी भाग लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]