३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

धनुषामा घुमुवा प्रहरी हुँ भन्दै लुटपाट गर्ने यादव पक्राउ

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

जनकपुरधाम ।धनुषा प्रहरीले आफूलाई घुमुवा प्रहरी बताई लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रेहेका छन् भने एक जना फरार रेहेका छन् ।

पक्राउ परेका अमरेश कुमार यादव र फरार रहेका अन्य एक जनाले आफूलाई घुमुवा प्रहरी हुँ भनेर धाक धम्की देखाइ धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित सडक खण्डमा ज ७ प ६०८६ नम्बरको मोटरसाइकलमा सवार यात्रुहरुसंग ४ हजार रुपैयाँ नगद लुटेर भागेका थिए ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहवी धनुषाबाट खटिएको प्रहरी टोलीले अमरेश कुमार यादवलाई पक्राउ गरेको छ ।

पक्राउ परेका यादवमाथि अनुसन्धान पक्रिया अगाडि बढाइएको छ भने फरार रहेका अन्य एक जना व्यक्तिको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]