२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

कृषिविज्ञ डा. सत्यनारायणको १३ औं पुण्यतिथिमा श्रद्धाञ्जली !

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको हठ्ठिपुरस्थित रहेको मंगलेश्वर महादेव मन्दिरको संस्थापक कृषिविज्ञ डा. सत्यनारायण यादव भदिसवारको १३ औं दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

शुक्रबार मंगलेश्वर महादेव मन्दिरको प्राङ्गणमा आयोजित श्रद्धाञ्जली सभामा सिंगो हठ्ठिपुरका महिला पुरुष बालबालिका बृद्धसहितले डा. भदिसवारको फोटोमाथि फूल अबिर चढाई श्रद्धाञ्जली अर्पण गरे । सोही क्रममा उहाँको श्रीमती र छोरा शिवशंकर यादवसहित स-परिवारले उहाँलाई स्मरण गर्दै सभाको शुरुवात गरे ।

कार्यक्रममा सहभागीहरुले मंगलेश्वर महादेव मन्दिरको संस्थापक कृषिविज्ञ डा. भदिसवारको निधनले आफ्ना अभिभावक गुमाएको बताए । उहाँहरुले डा. भदिसवारले समाज परिवर्तनमा गरेका सराहनीय कार्यहरुलाई स्मरण गर्दै नाम अमर भएको बताए ।

सरकारले गर्न नसक्ने कार्यहरु डा. भदिसवारले गरि इतिहास रचेको सभाका सहभागीहरुले धारणा राखे । करोडौंको लगानीमा मंगलेश्वर महादेवको मन्दिर निर्माण गरेको जसबाट उनको नाम अमर भएको बताए । उनको सहयोगमा सयौं जना विद्यार्थीहरु आज डाक्टर, इन्जिनियर बनेको छ । अझै सयौं जना विद्यार्थीहरु अध्ययनको क्रममै छ । जसको कारण डा. भदिसवार हाम्रो गाउँ हठ्ठिपुरका शान रहेको थियो । उनको योगदानले दिनहु बाहिरका मानिसहरुले हाम्रो गाउँमा मंगलेश्वर महादेवको दर्शन गर्न आउँछन् । जसबाट हाम्रो गाउँको नाम देश विदेशमा पनि प्रख्यात भएको छ ।

मंगलेश्वर महादेव मन्दिरको परिकल्पनाकार संस्थापक कृषिवीज्ञ डा.सत्यनारायण यादव भदिसवारको ६५ वर्षको उमेरमा भाद्र १८ गते अमेरीकामा निधन भएको थियो । उनी ४५ वर्षदेखि अमिरेकामा बस्दै आएका थिए । उनको श्रीमती ,छोरा शिव शंकर यादव भदिसवार र दुई छोरी छन् ।

उनीहरु पनि अमेरीकामै बस्दै आएका छन् । छोरा शिवशंकरले दागबत्ती लिएका थिए । उहाँको अन्तिम संस्कार अमिरेकामै गरिए पनि काज किरिया जन्मधर्तीमै सम्पन्न गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]