३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

पन्नी प्रयोगमा कमि ल्याउन कायापलटद्वारा ‘गुट्की’ अवतारको डस्टविन सार्वजनिक

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र ३०, २०८०

जनकपुरधाम ।जनकपुरधाममा युवाहरुको संस्था कायापलटले प्लास्टिक झोला निषेध तथा अन्त्य गर्नका लागि जनचेतना अभिवृद्धि गराउने उद्देश्यले गुट्की नामक रावण अवतार स्वरुप रहेको डस्टबिनको उद्घाटन गरेको छ ।

५९ औं बाल दिवसको अवसरमा आयोजित बालबालिकासंग अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष मिथिलेश कुमार कर्ण द्वारा उद्घाटन गरेको हो । श्री सीताराम राष्ट्रिय प्रा.विमा वडा कार्यालयद्वारा आयोजित तथा कायापलट तथा एकीकृत बाल क्लबको सहकार्यमा भएको कार्यक्रममा बालबालिकाको अधिकारसँगै स्वच्छ वातावरण निर्माण गर्न तथा प्लास्टिक हानीबारे पनि जनचेतना जगाउन उद्घाटन गरेको कायापलटका संस्थापक दिवाकर उप्रेतीले बताए ।

मानिस तथा वालवालिकामा चेतना अभिवृद्धि गराउन तथा प्लास्टिक झोला प्रयोगमा कमि ल्याउन पन्नी मुक्त अभियान अन्तर्गत सुरुवात भएको उप्रेतीले बताए । उनका अनुसार मानिसलाई प्लास्टिक झोला प्रयोग नगर्ने बानी बसाल्न अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ। उनले यस्ता खालको रावण अवतारका डस्टविन अभियानसँगै डुल्ने तथा गुट्की जस्तै अन्य अवतारमा समेत निर्माण भैरहेको जानकारी दिएका छन् । उनले गुट्खाका खोलले वातावरण थप प्रदूषण बढाएकाले सैतान सिपाही अर्थात रावण अवतारको डस्टविनलाई गुट्की नाम राखेको जानकारी दिए ।

गुट्कीलाई उद्घाटन पछि वडा अध्यक्ष कर्णले बालबालिकासँग सम्वाद गर्दै प्लास्टिक झोला प्रयोग गरे गुट्की घर घरमा आउने वताए । उनले बालबालिकालाई प्लास्टिक झोला प्रयोग नगर्ने तथा घरका परिवारमा समेत झोला प्रयोग गर्ननहुने बारे जानकारी प्रदान गर्ने दायित्व आत्मसाथ गर्न सुझाएका थिए।

कार्यक्रममा एकीकृत बाल क्लबका सदस्यहरू, कायापलटका सदस्यहरु तथा वडाका बालबालिका हरुको उपस्थित रहेको थियो । त्यस्तै कार्यक्रममा वडा सदस्य तथा अभियन्ताको समेत उपस्थिति रहेको थियो। त्यो संगै वडाले यस्तो रावण अवतारका डस्टविनले मानिसलाई थप सचेत गर्ने समेत विश्वास लिएको बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]