१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

आठ करोडको खसी, बोका, च्याङ्ग्रा खरिद गर्दै

Logo
विष्णु पाण्डेय प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

काठमाडौँ। सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने र दसैँ ,तिहारका लागि खाद्य,व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्न लागेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार दसैँका लागि तीन हजार खसी,बोका तथा च्याङ्ग्रा खरिद हुनेछन् ।

जसमध्ये दुई हजार खसी र बोका रहनेछन् भने एक हजार च्याङ्ग्रा खरिद गरिने न्यौपानेले बताउनुभयो । वार्षिक कार्यपालिका अनुसार नै कम्पनीले खसी, बोका तथा च्याङ्ग्रा खरिदका लागि बजेट छुट्याएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले प्रत्येक वर्ष नै सहुलियत पसल र खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्दै आएको छ । यस वर्ष पनि सोही कार्यक्रमका लागि आठ करोड ३३ लाख रकम छुट्टाएका छौँ ।” उहाँका अनुसार कम्पनीले प्रस्ताव गरेको रकम केही दिनमै मन्त्रालयमा पेस हुने र निर्णय हुनेछ ।

गत वर्ष जस्तै यसवर्ष पनि सहुलियत पसलहरू रहने उहाँको भनाइ छ । काठमाडौँ उपत्यका र बाहिरबाट धेरै माग भएको खण्डमा आवश्यकता अनुसार सहुलियत पसल थप गर्न सकिने सूचना अधिकारी न्यौपानेको भनाइ छ । ती पसलका आधारभूत खाद्यान्न सहुलियत मूल्यमा पाइने कम्पनीले जनाएको छ । उपत्यका बाहिरका ४० जिल्लाका ३९ स्थानमा पनि खाद्यको सुपथ पसल हुनेछ ।

साल्ट ट्रेडिङले पनि संयुक्त र बेग्ला बेग्लै गरी देशभर ३८ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्ने तयारी गर्ने जनाएको छ । कहिलेदेखि सो पसल सञ्चालन हुन्छ भन्ने भने निर्णय उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]