०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

मन्त्री अनिता साहलाई गृहजिल्ला धनुषामा भव्य स्वागत

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, आश्विन ०५, २०८०

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृह जिल्ला धनुषा आएपछि भव्य स्वागत गरिएको छ ।

मन्त्री बनेदेखि पहिलो पटक उनी गृहजिल्ला आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा धनुषाका सिडियो ,एसपी र जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् ।

मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल बन्द गरेको र यसलाई व्यवस्थित गर्न लागिपरेको बताइन् । उनले आफू मन्त्री बनेदेखि सरुवा बढुवामा चलखेल नभएको दावी गरिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]

काठमाडौँ । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ । उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा तेस्रो नम्बर सूचीमा छ ।यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग […]