१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समग्र बिकासको लागि राजनीतिमा आएकी छुः मन्त्री साह

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आश्विन ०७, २०८०

जनकपुरधाम । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलो पटक आफ्नो गृह गाउँ पुगेकी संधिय मन्त्री अनिता साहले समग्र विकासको लागि आफू राजनितिमा होमिएकी बताएकी छन् ।

जनमत पार्टीबाट २०७९ को प्रतिनिधि सभाको निर्वाचनबाट समानुपातिक सांसद बनेकी मन्त्री साह सघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलोपटक शनिबार आफ्नो गृह घर सवैला पुग्दा सवैले भव्य स्वागत गरेका थिए ।

सवैला नगरपालिकाको वडा नं २ को आयोजनामा सामान्य भेटघाट तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आर्थिक रूपले भरिपुर्ण भएपनी कत्तै न कतै समग्र विकास निर्माणको परिपुर्ति गर्न राजनिती आवश्यक रहेको बताएकी छन् ।

मन्त्रालय पाएको ६-७ महिनाको अवधिमा आफुले सकेसम्म काम गरेको तथा बिकासको अभिभारामा सबैको लगानी रहनुपर्ने भएकोले अगामी दिनमा समेत आफुले संघ सरकारद्वारा पुर्ण सहयोग गरिने समेत बताएकी छन् ।

सवैला नगरपालिका वडा नं १ का वडाध्यक्ष मिथिला साहको अगुवाइमा भएको उक्त कार्यक्रममा मन्त्री साहले उक्त विद्यालयको लागि प्रदेश सरकारद्वार एक योजना ल्याइदिएको बताइन् ।

भेटघाटकै क्रममा गणेशमान चारनाथ नगरपालिकामासमेत मन्त्री साहलाई स्वागत गर्दै बधाई तथा शुभकामना दिएको जनमत पार्टी मधेश प्रदेश सदस्य ब्रहमदेव महतोले जनकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]