१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

राष्ट्रपतिको समाचार संकलन गर्न पत्रकारले जनकपुरधामका मेयरबाट पास लिनुपर्ने

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आश्विन ०८, २०८०

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल आज मधेश प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन् । आज बिहान ९ बजे उनी जनकपुरधाम आउन लागेका हुन् ।

राष्ट्रपति पौडेल जनकपुरधाम आएलगत्तै जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

नागरिक अभिनन्दन तथा मन्तव्यको कार्यक्रम केन्द्रको हलमा राखिएको छ । उक्त कार्यक्रममा प्रवेशका लागि पासको व्यवस्था गरिएको छ । तर, कार्यक्रमको रिपोर्टिङका लागि सहज व्यवस्था नगरेको भन्दै पत्रकारले असन्तुष्ट व्यक्त गरेका छन् । समाचार सम्प्रेषणका लागि जनकपुरधामका मेयर मनोज साहबाट पास लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

मेयर साहले २० जना पत्रकारलाई पासको व्यवस्था मिलाएको बताए । सीमित पत्रकारलाई पास वितरणको आधारबारे उनले प्रष्ट जवाफ दिएनन् ।

नेपाल पत्रकार महासंघ धनुषाका सल्लाहकार पुरन गुप्ताले सहजरूपमा समाचार सम्प्रेषणको व्यवस्था मिलाउनुपर्ने बताए । साहले पत्रकार महासंघलाई १२ वटामात्र पास दिने भनेकोमा अस्वीकार गरिएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]