२२ बैशाख २०८२, मंगलबार
06-05-2025 , Tue
×

सेवाग्राहीलाई थर्काएर झन् पीडित बनाउदैँ इन्सपेक्टर यादव

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आश्विन ०८, २०८०

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् ।

प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ ।

सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामनारायण यादव । उनले कुनै कामले उनको कार्यकक्षमा आउने सामान्य सेवाग्राहीसँग अराजक व्यवहार गर्ने गरेका छन् ।

सामान्य सेवाग्राहीलाई गन्दै नगनेको र ठूलाबडालाई मात्रै प्राथमिकता दिने गरेको सेवाग्राहीको गुनासो छ । ‘कर्मचारी भनेको जनताका नोकर हुन्,’ एक सेवाग्राहीले भने, ‘तर, उनको व्यवहारले भने मालिक हो जस्तो देखाउँछ ।’

उनको व्यवहारले गर्दा सिंगो कार्यालयकै बद्नामी भइरहेको छ । भर्खरै बढुवा भएका र यसै साता अवकाश भइरहेका उनी जागिर जीवनमा जहाँ-जहाँ बसे, कतै उनीबारे राम्रो प्रतिक्रिया पाइँदैन ।

जनताको काम गर्नुको सट्टा गलत व्यक्तिसँग साँठगाँठ र असुलीलाई प्राथमिकता दिएका उनी प्रहरीको जागीर गरेरै करोडौंको अकुत सम्पत्ति आर्जन गरेका छन् । तर, नेपालमा जे गरेपनि कारवाही नहुने र जति भ्रष्टाचार गरेपनि केही नहुने मान्यताका कारण उनी घमण्डले भरिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]