२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

विश्व फिजियोथोपी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Logo
प्रकाशित सोमबार, भाद्र २३, २०७६

विराटनगर । विश्व फिजियोथोपी दिवसका अवसरमा स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल बिराटनगरले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

शिविरमा ५० जना भन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको जनाएको छ । अस्पतालमा गर्धनमा समस्या भएका, पक्षघात, मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने नसा च्यापिएका, हड्डी खिइएका, वाथ–आर्थराइटिस, घुडा जोर्नीहरु दुख्ने लगायतका बिरामीहरु उपचार गराउन आएको डाक्टर गोविन्द झाले जानकारी दिएको छ।

यता विश्व अन्र्तराष्ट्रिय फिजियोथेरापी दिवसको अवसरमा नेपाल फिजियोथेरापी संघ इस्टर्न च्याप्टरले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा महानगर आसपासका ५७ जना विरामीले सेवा लिएको फिजियोथेरापिष्ट डा. भारती देवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले […]

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]