१३ आषाढ २०८२, शनिबार
28-06-2025 , Sat
×

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देवको निर्णयलाई धज्जिया उडाउँदै आरकेष्ट्रा नचाए

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आश्विन १३, २०८०

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले गरेको निर्णयलाई धज्जिया उडाउँदै समाजमा अश्ल्लिता फैलाउने आरकेष्ट्रा नचाएर खुला चुनौती दिएको छ।

गत असोज ९ गते गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले एक सूचना जारी गर्दै जनकनन्दिनी गाउँपालिकाभित्र साँस्कृतिक कार्यक्रम बाहेक महिला नर्तक र आरकेष्ट्रा जस्ता कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेको थियो।तर,उनको आदेशलाई धज्जिया उडाउँदै खुल्ला र नाँगो चुनौति दिदैँ समाजमा अश्ल्लिता फैलाउने आरकेष्ट्रा नचाएको हो।

जनकनन्दिनी गाउँपालिका वडा नं.५ बनरझुलामा ईन्द्र पुजाको अवसरमा १२ गते शुक्रबार दिउँसोनै सांस्कृतिक कार्यक्रमको नाउँमा समाजमा नकारात्मक सन्देश जानेगरी अश्लिलता फैलाउदैँ आरकेष्ट्रा नचाईएको भिडियोहरु समाजिक सँजालमा यति खेर भाइरल बनेका छ्न। भिडियोहरु भाइरल भएपछि अध्यक्ष यादवालाई लक्षित गर्दै अनेक थरीथरीका प्रश्न समेत गरेका हुन ।

ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गतका बनरझुलामा रहेका प्रहरी चौकीको सय मिटरकै दुरीमा दिउँसोनै आरकेष्ट्रा नचाउँदासमेत प्रहरी रोक्न सकेका छैनन् ।प्रहरी उल्टै मुखदर्शक बनेका स्थानीयहरुले बताउँछ ।स्थानीयका अनुसार प्रहरीले आफ्नै आरकेष्ट्राको आनन्द उठाउनमा व्यस्त रहेका थिए।प्रहरीले कार्यक्रम रोक्नुको साटो आफै आरकेष्ट्रा हेरेर बसिरहेका थिए।

अध्यक्ष यादवको निर्णयलाई खाडो चुनौती दिदैँ दिउँसोनै अश्ल्लि गितहरुमा आरकेष्ट्रा नचाएका छ्न।

अध्यक्ष यादवप्रति समाजिक संजालमा कटाक्ष गर्दै कैयौँ जनाले बोल्ड निर्णयको नाममा ठुलाठुला भाषण मात्रै गरेको एक जना समाजिक संजाल प्रयोगकर्ताले टिप्पणीसमेत गरिएका छ्न।

अध्यक्ष यादवले सूचनालाई अवहेलना तथा उलंघन गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]