१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

सप्तरीबाट करिब ८ लाख बराबरको चोरी पैठारीको वाकिटकी बरामद

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आश्विन १४, २०८०

राजविराज । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका- २ मोहनपुरबाट आइतबार करिब ८ लाख रुपैयाँ बराबरको चोरी पैठारीको वाकीटकी बरामद भएको छ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको १ सय वटा पोर्टेबल वाकिटकी ह्यान्ड सेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो। उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए।

विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको सशस्त्र प्रहरी बलका सह प्रबक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

यसैगरी सप्तरीकै बलानविहुल गाउँपालिका- ४ बेल्ही स्थित सीमा क्षेत्रबाट करिब २ लाख २५ हजार रुपैयाँ बरारको चोरी पैठारीको एक थान प्रिन्टर मेसिन र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मेसिन सहितको मोटरसाइकल बीओपी बेल्हीले नियन्त्रणमा लिएको हो।

बरामद रेडियो सेट, प्रिन्टर मेसिन र मोटरसाइकल आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]