१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

धनुषाका आनन्दको शव ल्याइदिन सीडीओसँग परिवारको गुहार

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आश्विन २२, २०८०

जनकपुरधाम । इजराइलमा भएको आतंकी हमलामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका- ४ का आनन्द साहले ज्यान गुमाएका छन् । उनको परिवारले मुख हेर्न भए पनि आनन्दको शव ल्याइदिन गुहार गरेका छन् ।

सोमबार दिउँसो मृतक आनन्दको परिवारको अवस्था बुझ्न धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चक्रपाणि पाण्डे पुगेका थिए । सीडीओसँग आनन्दका बुवा सोमनले भने, ‘छोरा मेरो सर्वस्व थियो । उनको मुख हेर्न भए पनि शव ल्याउन पहल गरिदिनुस् ।’

गाउँ र उनको परिवार शोकमा डुबेको देखेर सीडीओ पाण्डे पनि भावुक बने । उनको अनुहार मलिन भयो । सीडीओ पाण्डेले शव ल्याउन पहल गर्ने प्रतिबद्धता जनाए ।

कृषि तालिमका लागि इजराइल गएको २४ दिनमै आनन्द मारिएका थिए । उनी एक्लो छोरा थिए । उनका तीन बहिनीमध्ये जेठी सुनिताको विवाह भइसकेको छ ।

आनन्दले आफू कमाउन भएपछि दुई बहिनीको बिहे गर्ने र घर पनि बनाउने सपना परिवारमा बाँडेका थिए । दाइको मृत्युको खबरले तीनै बहिनी, आमा र बुवा विक्षिप्त छन् । हिजोदेखि घरमा चुलो बलेको छैन । रुँदारुँदै कमजोर भएका बहिनीहरु सरस्वती र आरती अस्पताल भर्ना भएका छन् ।

स्थानीयले उनीहरुलाई जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैया पुर्‍याएका छन् । आनन्दकी आमा शुभकली अस्पताल जान मानेकी छैनन् । उनी पटक पटक मुर्छित हुन्छन् ।

आनन्दको पढाइमा करिब ३० लाख रुपैयाँ खर्च भएको बुवा सोमनले सुनाए । ‘पढाउन खेत पनि बेचें । साहुबाट ऋण पनि लिएको छु’, उनले भने, ‘छोराले कमाएपछि घर बनाउने भनेको थियो । अब कसले घर बनाइदिन्छ ?’

शोकमा डुबेको आनन्दको घरमा गाउँका महिलाको भीड लागेको छ आनन्दका आमाबुवा भुईंबाट उठ्न सक्ने अवस्थामा छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]