१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

मधेशमा एमालेको तागत बढाउन हाम्रो ध्यान केन्द्रित छ: नेता योगेश भट्टराई

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आश्विन २३, २०८०

जनकपुरधाम । नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेश प्रदेश र सबै स्थानीय तहमा एमालेको सरकार आवश्यक भएको बताएका छन् ।

एमाले मधेश प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखे ‌। उनले भने, ‘मधेशमा अहिले एमालेको जुन तागत छ, त्यो बढाउन चाहन्छु आउने चुनावबाट । एमालेको मुख्यमन्त्री चाहिन्छ । १३६ वटै पालिकामा एमालेको प्रमुख हुनुपर्छ । अब यो अधिवेशनबाट हाम्रो ध्यान यता गएको छ ।’

एमाले प्रदेश अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय गरिएको छ । यसबारे उनले मधेशको स्वाभिमान उठाउनुपर्ने र सगरमाथाको शिरसम्म पुर्‍याउने बताए ।

उनले सबै तहमा एमालेले नेतृत्व पाए मात्र मधेशको समृद्धि सम्भव हुने दाबी गरे ।

नेता भट्टराईले एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबैलाई प्रतिस्पर्धा गर्ने अवसर रहेको उल्लेख गरे । उनले स्वच्छ र मर्यादित ढंगले प्रदेशको नेतृत्व चयन गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]