०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

केटीको लफडामा राराब क्याम्पस सभापति मनिष यादव रातभर थुनामा

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, आश्विन २५, २०८०

जनकपुरधाम । जनकपुरधामको रामसागर रामसरुप बहुमुखी (राराब) क्याम्पस स्ववियू सभापति मनिष यादव रातभर थुनामा परेका छन् ।

बुधबार राति धनुषाको ढल्केवरस्थित सम्राट डान्सबारमा केटीको लफडामा विवाद भएपछि दुई पक्षबीच कुटाकुट भएको थियो ।

स्रोतका अनुसार डान्सबारमा केटीको विषयमा लफडा भएपछि संचालकले सभापति यादवसहित दुबै पक्षका व्यक्तिलाई बाहिर निकालेको थियो । बाहिर भएपछि झडप नै भएको र दुबै पक्षका एक/एक जना घाइते भएका छन् ।

झडप हुन थालेपछि इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी पुगेर सभापति यादवसहित केहि व्यक्तिलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

इप्रका ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले चोकमा दुई पक्षबीच झडप भएको बताए । झडपमा दुई जना घाइते भएको र सोही क्रममा सभापति यादवलाई नियन्त्रणमा लिएको बताए ।

प्रहरीले सभापति यादवलाई रातभर थुनामा राखेर आज विहान छाडिएको छ । प्रहरी निरीक्षक साहले दुबै पक्ष छलफल गरी विवाद मिलाउन सहमती गरेपछि आज विहान सभापति यादवलाई छाडिएको बताए ।

यादव नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघबाट स्ववियू सभापतिमा निर्वाचित भएका हुन् ।उनले आफू पक्राउ नपरेको र बदनाम गर्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]