१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

मन्त्री साहद्वारा सबैलामा कबड्डी प्रतियोगिता उद्घाटन

Logo
न्यूज मधेश प्रकाशित शनिबार, कार्तिक ०४, २०८०

जनकपुरधाम । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले सबैलामा कबड्डी प्रतियोगिता उद्घाटन गरेकी छिन् ।

शनिबार सबैला नगरपालिकाको सबैला बजारमा गुराँस युवा क्लबले विजयादशमीको अवसरमा आयोजित कबड्डी प्रतियोगिताको समान्य प्रशासन मन्त्री अनिता देवी साहले रिवन काटेर उद्घाटन गरिन ।

मन्त्री साहले कबड्डी प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुराँस युवा क्लबले खेलकुदको क्षेत्रमा योगदान र निरन्तरता दिदै आइरहेकोले सो क्लबका प्रशंसा गरिन।उनले सबैला खेलकुदको क्षेत्रमा देश विदेशमासमेत नाम कमाएको बताइन् ।

उनले मधेशी समाजले महिलालाई अगाडि बढाउन थालेकोमा खुसी व्यक्त गरेकी थिइन । आज मलाई प्रमुख अतिथि बनाएर बोलाउनु भयो उनले भनिन, ‘मलाई खुसी छ, महिलाले लगाएको गुण आज तपाईहरु चुक्ता गर्दै हुनुहुन्छ ।’

सो कार्यक्रममा सबैला नगरपालिकाका नगरप्रमुख कारी यादव,उपप्रमुख,नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु,जनमत पार्टीसहित विभिन्न पार्टीका स्थानीय नेताहरुको उपस्तिथि रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]