२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

धनुषाकी १८ वर्षीय रजीना खातुन बनिन् एक घण्टाका लागि मधेशको शिक्षामन्त्री

Logo
न्यूज मधेश प्रकाशित बुधबार, कार्तिक १५, २०८०

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुन एक घण्टाका लागि मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री बनेकी छन् ।

मन्त्री महेश प्रसाद यादवले बुधवार खातुनलाई खादा ओढाएर सम्मान गर्दै एक घण्टाका लागि आफ्नो पद हस्तान्तरण गरे । खातुन बिहान ८ बजेदेखि ९ बजेसम्म मन्त्री पद सम्हालिन् ।

अन्तर्राष्ट्रिय बालिका दिवस अन्तर्गत समानताको सन्देश दिन प्लान इन्टरनेशनल नेपालको पहलमा खातुन मन्त्री बनेकी हुन् । उनी कक्षा ९ मा अध्ययनरत छन् । मन्त्री बनेपछि खुशी लागेको उनले बताइन् ।

मन्त्रीको कुर्सीमा बसेर उनी आफ्नो गाउँको शिक्षा क्षेत्रको समस्या मन्त्री यादवलाई सुनाएकी थिइन् । उनी प्रदेश सरकारले चलाएको बेटी पढाऊ, बेटी बचाउ अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।

मन्त्री यादवले महिला र पुरुष बराबर हुन्छन् भन्ने सन्देश दिन बालिका खातुनलाई एक घण्टाका लागि आफ्नो पद हस्तान्तरण गरेको बताए । उनले ‘वालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नारालाई सार्थक बनाउन आफू पछि नहट्ने प्रतिबद्धता पनि जनाए ।

खातुनलाई मन्त्री बनाउन पहल गरेका प्लान इन्टरनेशनलका क्षेत्रीय प्रबन्धक रविशंकर पण्डितले ‘अन्तराष्ट्रिय बालिका दिवस’ अन्तर्गत समानताको सन्देश दिन स्कूलमा अध्ययनरत छात्राहरूलाई केहि घण्टाका लागि सांकेतिक रूपमा मेयर, उपमेयर र मन्त्री बनाउने अभियान जारी राखेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]