३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

गृह मन्त्रालयले आरतीका परिवारलाई छलफल गर्न बोलायो

Logo
न्यूज मधेश प्रकाशित सोमबार, कार्तिक २०, २०८०

काठमाडौं । आरती साहको हत्या भएकोमा न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका परिवारजनलाई गृह मन्त्रालयले छलफल गर्न बोलाएको छ ।

आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै गृह मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले छलफलका लागि पत्र पठाएको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

उनका अनुसार साहको तर्फबाट आधिकारिक प्रतिनिधि तोकी निष्कर्षसहित घर फर्कने वातावरण तयार गर्न मन्त्रालयमा छलफल गर्न बोलाइएको हो । आरतीको न्यायका लागि यसअघि पनि गृह मन्त्रालयमा वार्ता तथा छलफल भएको थियो ।

घटनाप्रति मन्त्रालयको गम्भीर चासो रहेको, सत्यतथ्य छानबिन गरिएको र केही विषय सम्बोधनसमेत भएको प्रेस सल्लाहकार गिरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनमा प्रमुख भूमिका खेलेको भनिएका सत्ता गठबन्धनका प्रमुख दलका शीर्ष नेताहरुले उनलाई नै सत्ता गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति तय गरेका छन्। गत आइतबार जसपा नेपाल विभाजनमा सत्ता गठबन्धनमा रहेका एमाले-माओवादीको भूमिका रहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका उपेन्द्र आफैंलाई शीर्ष नेताहरुले गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति अन्तर्गत मधेश प्रदेश […]

जनकपुरधाम । मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ । एमालेका ६ मन्त्रीले राजीनामा दिएका हुन् । एमालेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेपाललाई सरकारबाट हटाउने तयारी गरेका छन् । उनले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा गर्न सन्देश पठाएको स्रोतले बताएको छ। आज मधेस प्रदेश सरकारबाट माओवादीका दुई जना मन्त्रीले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएपछी उपेन्द्र यादव नैतिक संकटमा समेत परेका छन् । स्रोतका अनुसार उनलाई दबाब बढाउनकै […]