२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

भौतिक मन्त्रीका अङ्गरक्षक मृत फेला

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

हेटौँडा । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत अवस्थामा फेला परेका छन् ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अङ्गरक्षकसमेत रहेको अन्दाजी ४५ वर्षीय सुवेदी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका हुन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार बिहान ६ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका ११ स्थित वनदेवी मन्दिर नजिकै सालको रुखमा सुवेदी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौना घर भई धादिङ जिल्लाको इलाका प्रहरी कार्यालय, खानीखोलाका दरबन्दी रहेका सुवेदी मन्त्री दुलालको अङ्गरक्षक रहनुभएको थियो ।

सोमबार साँझ सुवेदी आफ्नो नियमित जिम्मेवारी पूरा गरी गएकोमा मङ्गलबार मृत अवस्थामा भेटिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]