१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

महोत्तरीमा विभिन्न पार्टी परित्याग गर्दै ५ सयभन्दा बढी नेताकार्यकर्ता जनमतमा प्रवेश

Logo
मनोज मोरबैता प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत यतिखेर मधेश प्रदेशका जिल्लाहरुमा विभिन्न पार्टीका नेताकार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउनमा व्यस्त देखिएको छ।अध्यक्ष डा.राउतसहितको पार्टीका नेताकार्यकर्ताहरुले मिसन २०८४ को केन्द्र बिन्दु बनाएर पार्टीको संगठन मजबुत बनाउनमा ध्यान दिएको छ।

अध्यक्ष डा.राउतले यस अघि सप्तरी ,सिरहा र सर्लाही जिल्लामा विभिन्न पार्टीका करिब ४ हजार भन्दा बढी नेताकार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराइसकेको छ।

मंगलबार जनमत पार्टी महोत्तरीले जलेश्वरमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी छाडेर ५ सय भन्दाबढी नेताकार्यकर्ताहरुले जनमतमा प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेहरुमा लोकतान्त्रिक समाजवादी पार्टीका पुर्वमहासचिव सुनिल रोहित,लोसपाका पुर्व केन्द्रिय सदस्य कादिर अन्सारी ,जलेश्वर नगरपालिकाका पुर्वमेयर राम शरण साह,लोसपा महोत्तरी जिल्लाका पुर्वसभापति सुरेश सिंह,जलेश्वर नगरपालिका -८ का पुर्व वडाध्यक्ष भागरत झाले जनमत प्रवेश गरेका छ्न।

त्यसैगरी ,नेपाली कांग्रेसका नेता हिरालाल यादव,नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता मनोज मण्डल ,जनता समाजवादी पार्टी नेपाल नेता संजय यादवसहित विभिन्न पार्टीका ५ सय भन्दाबढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले जानकारी दिए।

उनका अनुसार नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा ,माला र अबिर लगाएर पार्टीमा स्वागत गरेको हो।

साथै,नवप्रवेशीहरुलाई जनमत पार्टीका सदस्यतासमेत प्रदान गरेको प्रवक्ता डा.यादवले बताए।

जनमत पार्टी महोत्तरी जिल्ला इन्चार्ज बिरेन्द्र कुमार मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सो कार्यक्रममा जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह,पार्टीका राष्ट्रिय प्रवक्ता डा.शदर सिंह यादव,राष्ट्रिय सचीव तथा मधेश प्रदेश सभा सदस्य पुर्व कृषिराज्य मन्त्री संजय यादव,पार्टी प्रवेश समन्वय समितिका संयोजक माधव सिंह,मधेश प्रदेश सभाका अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहसहितका पार्टीका नेताकार्यकर्ताहरुको उपस्थितमा कार्यक्रम भब्यतासाथ सम्पन्न भएको महोत्तरी जिल्ला इन्चार्ज बिरेन्द्र मण्डलले जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]