१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

धनुषामा अपहरण गरेर अनगिन्ती कपालीमा गराए सहीछाप

प्रहरीले असहयोग गरेको पीडितको आरोप
Logo
न्यूज मधेश प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

जनकपुरधाम । धनुषामा अपहरण गरेर अनगिन्ती कपाली तमसुक कागजमा हस्ताक्षर गराएको घटनामा प्रहरी प्रशासनले असहयोग गरेको आरोप लगाइएको छ ।

धनुषा हँसपुर नगरपालिका- ४ मनिपट्टीका रामअशिष दासले आफुलाई औरही नगरपालिका -१ पौडेश्वरका रामविलास दास कथवनियासहितका व्यक्तिहरुले अपहरण गरेर कुटपिट गर्दै तमसुकमा हस्ताक्षर गराएको घटनामा प्रहरी प्रशासनले असहयोग गरेको आरोप लगाएका छन् ।

जनकपुरधामस्थित पुलचोकमा पसल व्यवसाय गरिरहेको दासले आफुसँग गत बैशाख २५ गतेका दिन अपहरण गरेर बलजफ्ती कपाली तमसुक बनाएको आरोप लगाएका हुन् ।

पीडितले आज पत्रकार सम्मेलनको आयोजना गरी जनकपुरधाम पुलचोकस्थित पसल बन्द गरेर घर गइरहेको बेला जनकपुरधाम–यदुकोहा सडकखण्डमा तेतरिया बजारस्थित पुल नजिक रामविलासको नेतृत्वमा रहेका ती व्यक्तिहरुले आफूलाई अपहरण गरेर कुटपिट गर्दै हातहतियार देखाएर करिब १५/२० वटा कागजमा बलजफ्ती सहीछाप गराएको बताए ।

पीडितले आफुलाई औरही गाउँपालिकाका १ पौडेश्वरका रामविलाश दास कथवनिया, इन्द्रकुमार दास र उनका छोरा रामकुमार दास लगायतका चिन्न नसकेको व्यक्तिले अपहरण गरेको बताएका छन् । उनका अनुसार अपहरणमा परेको भोली पल्टै कपिलेश्वर प्रहरीमा दासले उजुरी दिए । तर, त्यहाँ कुनै सुनुवाई नभएपछि वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनाबारे निवेदन दर्ता गराउन पुगेपनि त्यहाँ प्रहरीले हेर्ने मुद्दा रहेको भनी उजुरी लिन अस्वीकार गरेको उनले बताए । पीडितले ती दिनदेखि जिल्ला प्रहरी कार्यालयमा महिनौ धायौं तर उजुरी दर्ता नभएको बताए । अन्ततः बाध्य भई हुलाक मार्फत उजुरी पठाएका छौं पीडा उनले सुनाए ।

धनुषाका तात्कालिन एसपी विश्वराज खड्काले आज समात्छौं, भोली समात्छौं भनी आरोपितलाई समात्नु त के उजुरी समेत दर्ता गरेको छैन् । उनले भने आफ्नो उजुरी दर्ता गर्नुको त कुरा परै जाओस जिल्ला सरकारी वकिल कार्यालय समेतले आवश्यक कारवाहीका लागि जाहेरी दरखास्त पठाएकोमा तिन महिना बितिसक्दा पनि कुनै चासो जिप्रकाले लिएको छैन् ।

उनले हुलाक कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय सहित, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, जिल्ला तथा उच्च सरकारी वकिल कार्यालय, प्रदेश गृहमन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रहरी कार्यालय, मुख्यन्यायधिवक्ताको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र संघीय गृहमन्त्रालय सहितका निकायमा उजुरी दर्ता गराएका छन् ।

घटना बारे रामआशिषले भने आफूलाई कुटपिट गरेको अवस्थामा कुन कुन कागजातमा सहीछाप गरायो थाहा भएन । तर पछिल्लो पटक आफू विरुद्ध अदालतमा २० लाख ऋण लिएको भनी कपाली तमसुक सहित मुद्दा दर्ता गराइएपछि त्यस बेला आफूसँग कपाली तमसुकमा सहीछाप गराएको भन्ने कुरा थाहा पाए ।

आफुले नामै नसुनेका व्यक्ति महोत्तरी जिल्ला लोहरपट्टी ५ निवासी अशोक कुमार ठाकुरसँग सोही समयमा २० लाख रुपैया ऋण लिएको भनी पुरानो मिति २०७४ माघ १४ गतेको मितिमा कपाली तमसुक बनाएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]